१४ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पराजित



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आजको अन्तिम खेलमा नेपाल युएईसँग पराजित भएको छ । टस जितेर पहिले बलिङ रोजेको नेपाल युएईसँग ४८ रनले पराजित भएको हो । 

दुबईको आइसीसी एकेडेमी मैदानमा युएईले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १२७ रन बनाएको थियो । युएईका लागि चानभी सेनेविरत्नाले सर्वाधिक ५२ रन बनाइन् । छत्तीस बल खेलेकी उनले सात चौकाको मद्दतमा उक्त रन बनाएकी हुन् । उनलाई २० औँ ओभरको चौथो बलमा नेपालकी कविता कुँवरले बोल्ड गरेकी हुन् । यस्तै अन्य ब्याटरमा तीर्था सतीशले ४७ तथा केभिस इगोडागेले २२ रन बनाइन् । 

नेपालका लागि कविता कुँवरले २ तथा सबनम राई, सीता रानामगर र सङ्गीता राईले समान १ विकेट लिए । जवाफी ब्याटिङ गर्न आएको नेपालले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि इन्दु बर्मा (१५) र सीता रानामगर (१३) बाहेक कसैले पनि दोहोरो अङ्क बनाउन सकेनन् । 

युएईका लागि समाइरा धरणीधर्काले ४ तथा खुशी शर्मा र कामिनी सेनेभिरत्नाले २/२ विकेट लिए । 
कुल ६ राष्ट्र सम्मिलित छनोट खेलमा नेपाल ६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । युएईले सबै खेल जित्दै १० अङ्क बटुलेको छ । छनोट खेलमा नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र माल्दिभ्स सहभागी थिए ।