• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

‘संसदका स्वकीय सचिवालय कर्मचारीको तलब आफ्नै खातामा’



काठमाडौं । संघीय संसद् सचिवालयले सांसद र सचिवालयका पदाधिकारीहरूको तलब बैंक खातामै भुक्तानी दिने तयारी थालेको छ। सचिवालयले सांसदहरूलाई एसएमएस पठाउँदै आफ्ना स्वकीय सचिव र उनीहरूको बैंक खाता सचिवालयमा जानकारी दिन सूचित गरेको छ।
राजधानी दैनिकका अनुसार स्वकीय सचिवको माघ महिनाको तलब एभरेस्ट बैंकको खातामा उपलब्ध गराइदिने तयारी सचिवालयले गरेको हो। त्यसका लागि स्वकीय सचिवको नियुक्तिको फारामसमेत डिजाइन गरेर सांसदहरूलाई उपलब्ध गराएको सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए।