६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

अस्पतालमा रगत अभाव

अस्पतालमा रगत अभाव
अ+ अ-

बेत्रावती । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो ।

“गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन रगत अत्यावश्यक हुन्छ, रगत गर्भवतीका आफन्तले नै खोज्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो । श्रेष्ठका अनुसार जिल्ला अस्पतालमा सामान्यतया दैनिक १० जनासम्म सुत्केरी हुने गर्छन् । अधिकांशको शल्यक्रिया गरी बच्चा जन्माउने गरिएको डा मधुकर दाहालले बताउनुभयो । “सुत्केरीको अवस्था गम्भीर भएपछि शल्यक्रिया गर्न हतारिनु पर्छ, रगत अभावले झन समस्या हुन्छ”, उहाँले भन्नुभयो । सुत्केरी गराउन आउनेलाई पहिला नै रगतको जोहो गर्न आग्रह गर्ने गरिएको डा दाहाल बताउनुहुन्छ ।

दुर्घटनाका घाइतेलाई उपचार गर्न सधैँ रगत अभाव हुने गरेको छ । जिल्ला अस्पतालमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ । केन्द्रले आवश्यक रगत रक्तदान कार्यक्रम तथा दातालाई सम्पर्क गरी सङ्कलन गर्दै आए पनि पछिल्लो समय रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको हो । केन्द्र प्रमुख श्रेष्ठका अनुसार हरेक महीना कुन संस्थाले रक्तदान गर्ने, कुन समूहको रगत कुन दाताबाट सङ्कलन गर्ने भनेर तालीका बनाए पनि त्यो कार्यान्वयन नहुँदा रगत अभाव भएको हो । केन्द्रसँग भएका एक हजारभन्दा बढी रक्तदाताको सम्पर्क विवरणबाट रगत सङ्कलनका लागि सहजीकरण गरिँदै आएको छ ।

दाताबाट सङ्कलन गरेको रगतलाई रक्त सञ्चार केन्द्रले स्वास्थ्य जाँच तथा परीक्षणका लागि रु ८०० शुल्क लिई उपलब्ध गराउने गरेको छ । केन्द्रमा रगत अभाव हुँदा यहाँका बिरामीका लागि नेपाली सेनाको श्रीनाथ गण देवीघाटमा कार्यरत सैनिक र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीबाट रगत सङ्कलन गरिँदै आएको छ ।