४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल एफए कपबाट बाहिरियो



अ+ अ-

काठमाडौं । लिभरपुल एफए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ । सोमबार राति भएको खेलमा वोल्भ्ससँग पराजित भएपछि लिभरपुल एफए कपबाट बाहिरिएको हो ।

प्रतियोगितामा नै सबैभन्दा कमजोर मानिएको वोल्भ्ससँग लिभरपुलल २-१ गोलअन्तरले पराजित भएको हो । लिभरपुल तेस्रो चरणबाट बाहिरिदा खेलमा बिजयी भएको वोल्भ्स चौथो चरणमा प्रवेश गरेको छ ।

वोल्भ्सलाई जिताउन राउल जिमेनेज र रुबेन नेभेसले १-१ गोल गरेका थिए । लिभरपुलका लागि भने डिभोक ओरिगीले गोल गरेका थिए ।

खेलको ३८औं मिनेटमा जिमेनेजले गोल गर्दै वोल्भ्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको वोल्भ्सले दोस्रो हाफमा एक गोल गर्न सफल भयो ।

खेलको ५१औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा पुर्‍याएका थिए । तर त्यसको चार मिनेटपछि नै वोल्भ्सका नेभेसले अर्को गोल थप्दै जित नजिक पुर्याएका थिए।