• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

मोजा सुघ्ने बानीले झण्डै ज्यान लियो



मानिसमा व्यक्तिगत दुर्लभ र अजीब व्यवहारहरु हुन्छन्। उनीहरु त्यस्ता व्यवहार बाहिर देखाउँदैन।

दुर्लभ एक व्यवहारका कारण चीनका एक नागरिक अस्पताल भर्ना हुनु परेको छ।

३७ वर्षिया पेङ फोहोर मोजा सुघ्ने बानीका कारण अस्पताल भर्ना भएका हुन्। समयमै उपचार नपाएको भए उनको मृत्युसमेत हुनसक्ने अस्पतालले जनाएको छ।

फुजियान प्रान्तको जाङझोउ शहरमा बासोबास गर्दै आएका पेङका अनुसार उनी प्रत्येक दिन कार्यलयबाट फर्किएपछि मोजा सुघ्थे।

उनले मोजाको दुर्गन्ध सुघ्ने बानी परेको बताउँछन्। मोजा सुघ्दा आनन्द आउने उनको भनाइ थियो। तर मोजाको दुर्गन्धले उनमा छाती दुख्ने सम्यस्या निम्तियो।

चिकित्सकहरुका अनुसार फोहोर दुर्गन्धले उनको स्वासप्रस्वास तथा छातीमा समस्या भएको छ। अस्पताल भर्ना भएका उनले अबदेखि त्यस्तो कार्य नगर्ने बताएका छन्।