१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको बन्द सत्र ४ बजे सुरु हुने



अ+ अ-

चितवन। नेकपा एमालेको दोस्रो दिनको बन्दसत्र आज अपराह्न ४ बजे सुरु हुने भएको छ । 

चितवनको सौराहामा जारी बन्द सत्रको दोस्रो दिन आजको बैठक ४ बजे सुरु हुन लागेको हो ।

महाधिवेशन अन्तर्गत शनिबारको बन्दसत्रले पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यसम्म चयन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । 

ओलीलाई दिएको अधिकारपछि अहिले शीर्ष नेताहरुबीच पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्यबारे छलफल भइरहेको बताइएको छ।

अध्यक्ष ओली पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीलाई भेट्नमै व्यस्त छन् । यसअघि आइतबारको बन्द सत्रमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई समयमै आउन भनेका थिए । अहिले बन्दसत्रको हलमा प्रतिनिधिहरुले पार्टीका अध्यक्षलाई प्रतिक्षा गरिरहेका छन् । 

यद्यपि, भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरुले भने ओलीलाई दिएको अधिकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।