५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामाथि न्युजिल्यान्डका टायलर र निकोलसको शतक



अ+ अ-

काठमाडौं । श्रीलंकासँगको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा न्युजिल्यान्डले क्वीन स्वीप गरेको छ ।

अन्तिम तथा तेस्रो खेलमा श्रीलंकालाई ११५ रनले पराजित गर्दै न्युजिल्यान्डले सिरिज जितेको हो । ३६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४१.४ ओभरमा सबै विकेटको क्षतिमा २४९ रन समेटिएको थियो ।

श्रीलंकाकालागि थिसरा परेराले ८० रन बनाए । त्यस्तै, निरोशान डिक्वेल्लाले ४६ र कुशल परेराले ४३ रन बनाएका थिए ।
न्युजिल्यान्डका लागि लोकिइ फेगुसनले चार विकेट लिए । त्यस्तै, इश सोधीले तीन विकेट लिए ।

नेल्सनमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा चार विकेटको क्षतिमा ३६४ रन बनाएको थियो । न्युजिल्यान्डको विशाल स्कोरमा दुई जना खेलाडीले शतक प्रहार गरे ।

रोस टायलरले १३७ रन बनाउँदा हेनरी निकोलसले अविजित १२४ रन बनाए ।

टायलरले १३१ बलमा ९ चौका र चार छक्का प्रहार गरेका थिए । त्यस्तै, निकोलसले ८० बलमा १२ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, कप्तान केन विलियम्सनले ५५ रन बनाएका थिए ।

बलिङतर्फ लासिथ मालिंगाले तीन विकेट लिए ।