६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

निसानका पूर्व अध्यक्ष जापान अदालतमा उपस्थित

निसानका पूर्व अध्यक्ष जापान अदालतमा उपस्थित
अ+ अ-

News Polar

टोकियो । भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउन पहिलो पटक मङ्गलबार टोकियो अदालतमा उपस्थित हुनुभएको छ । अदालतमा बयानका क्रममा उहाँले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गर्नुभएको अदालतले जनाएको छ ।

गोउनलाई कम्पनीको गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा पक्राउ गरिएको थियो ।

“मेरा विरुद्ध लगाइएका आरोपहरु असत्य हुन्, म निर्दोष छु,” गोउनले न्यायाधीश समक्ष भन्नुभयो । न्यायाधीश समक्ष आफ्नो वक्तव्य पढेर सुनाउँदा उहाँ दृढ र शान्त देखिनुभएको थियो । “मलाई अन्यायपूर्वक आरोपित गरिएको छ ।”

सरकारी वकीलहरुले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन् । उहाँमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलब बापत लिएको करिब चार करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ ।

वकीलहरुले वित्तीय सङ्कटका कारण निसानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशंका पनि गरेका छन् ।

कालो सुट र प्लास्टिक चप्पल लगाएर अदालतमा उपस्थित हुनुभएका गोउनले आरोप लगाइएका प्रत्येक बुँदाको जवाफ दिनुभएको थियो । उहाँले आरोपहरुमाथि प्रतिवाद गर्दै भन्नुभयो, “म निसान बीचमै छाड्न पनि सक्दथें, तर कम्पनी छाड्न चाहिनँ ।”

“आँधी आएका बेला जहाजको कप्तानले जहाज छाड्दैन,” उहाँले अदालतमा भन्नुभयो ।

विश्वकै अटो उद्योगमा चर्चित व्यक्तित्व कार्लोस गोउन विश्व आर्थिक मञ्चदेखि अरु ठूला एवं विशिष्ट मञ्चहरुमा वक्ताका रुपमा रहने गर्नुहुन्थ्यो । तर तिनै विशिष्ट व्यक्तित्व गोउनलाई अदालतमा उपस्थित गराउँदा जापान प्रहरीले हतकडी लगाएको थियो । अदालतभित्रको इजलासमा भने उहाँको हतकडी फुकालिएको थियो ।

न्यायाधीश युची ताडाले इजलासमा गोउनमाथि लागेको आरोप पत्र पढेर सुनाउनुभएको थियो । न्यायाधीश ताडाले गोउनमाथि जापानबाट भाग्न खोजेको पनि बताउनुभएको थियो । जापानी सरकारी वकीलहरुले गोउनले प्रमाणहरु लुकाउने वा नष्ट गर्ने सम्भावना पनि रहेको आरोप लगाएका छन् ।

गोउन निजी जेट लिएर टोकियोमा ओर्लनासाथ प्रहरीले गिरफ्तार गरेको थियो । कार्लोस गोउन फ्रान्सेली नागरिक हुन् ।

जापानमा शंकास्पद व्यक्तिहरुलाई प्रमाण नष्ट गर्ने वा तोडमोड गर्ने भन्दै जमानत नदिई थुनामा राख्ने प्रचलन छ ।

मङ्गलबारको सुनुवाईका क्रममा गोउनका एकजना वकील गो कोन्डोले गोउन विदेशतर्फ भाग्ने खतरा नरहेको दाबी गर्नुभयो । “गोउन चिरपरिचित व्यक्ति हुन्, त्यसैले भाग्ने सम्भावना नै छैन । उहाँले प्रमाण नष्ट गर्ने कुनै जोखिम नै छैन ।”

गोउनले अदालत समक्ष आफ्नो कार्यकालमा निसान कम्पनीले गरेका उपलब्धिहरुको व्याख्या गर्नुभएको थियो । उहाँले कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङ जस्ता नवीन प्रविधिको प्रयोगमा ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई निसानमाथि साँच्चिकै प्रेम छ ।”

केही वर्षयता निसान कम्पनीमा फ्रान्सेली कार उत्पादक रेनल्टले पनि शेयर लगानी गरेको छ । हाल निसानमा रेनल्टको ४३ प्रतिशत हिस्सा छ भने रेनल्टमा निसानको १५ प्रतिशत शेयर छ ।

गोउन अझै पनि रेनल्टका प्रमुख तथा निसानको सञ्चालक समितिका सदस्य हुनुहुन्छ ।

गोउनको थुना अवधि अझै आगामी शुक्रबारसम्मका लागि कायम छ ।

जापानको कानुन बमोजिम गलत वित्तीय रिपोर्टिङ गरिएको अवस्थामा १० वर्षसम्म जेल सजाय, ८९ हजार अमेरिकी डलर वा दुबै सजाय हुन सक्दछ ।