५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एप्पलको आइ ट्यून एप सामसुङमा आउने



अ+ अ-

विश्वका दुई ठूला प्रविधि कम्पनी एप्पल र सामसुङबीच सहकार्य भएको छ। दक्षिण कोरियाली कम्पनी सामसुङले अमेरिकी कम्पनी एप्पलको ‘आइ ट्यून’ सफ्टवेर आफ्नो उपकरणमा उपलब्ध गराउने भएको हो।

अब सामसुङको स्मार्ट टिभीमै आइ ट्यून फिचर जोडिएर आउनेछन्।

अमेरिकाको लास भेगासमा सामसुङका कार्यकारी डेभ दासले सिइएस टेक कार्यक्रममा एप्पलको आइ ट्यून सामसुङमा उपलब्ध हुने घोषणा गरेका हुन्।

उनका अनुसार एप्पलसँग सम्झौता भइसकेको छ। यस वर्षको मार्च महिनादेखि आइ ट्यून सेवा सामसुङको स्मार्ट टिभीमा उपलब्ध हुनेछन्।

क्ष्mबनभ चभकगति ायच ष्तगलभ ष्ल कmबचत तख

यस सेवा अन्तगर्त भिडियो चलचित्र एप्स तथा टिभि कार्यक्रमको एप्स समावेश हुनेछन्। यसमा चलचित्र तथा टिभी कार्यक्रम विक्रि तथा भाडामा दिनेबारे सुविधा प्रदान हुनेछ।

अडियो संगीतको कुनै सेवा यसमा प्रदान गरिएको छैन। सन् २०१८ यता बनेका सामसुङ उपकरणमा मात्र यो सुविधा प्राप्त हुनेछ।

विश्लेषकहरुले यस रणनीतिक कार्यबाट दुवै कम्पनीलाई फाइदा पुग्ने बताएका छन्।