७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुटपुर्जीको व्यवस्था नहुँदा सास्ती



अ+ अ-

वीरगञ्ज । पश्चिमी पर्साको प्राचीन तथा ऐतिहासिक भिस्वा बजार आउने भारतीय सवारी साधनलाई सरकारले छुटपुर्जीको व्यवस्था नगर्दा भारतीय गाडी धनीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् ।

सीमावर्ती भारतको सिक्टा बजार हुँदै दैनिक दर्जनाँै भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा भिस्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जीको व्यवस्था नहुँदा सवारीधनीले ४० किलोमिटर दूरीको वीरगञ्ज भन्सारमा आउनुपर्ने बाध्यता छ । भारतबाट हाल दैनिक २५ देखि ३० भारतीय गाडी सो नाकाबाट नेपाल प्रवेश गर्ने गर्छन् । तर, छुटपुर्जीको व्यवस्था नगर्दा भारतीयले समस्या भोग्दै आइरहेको प्रहरीचौकी भिस्वाका प्रहरी सहायक निरीक्षक गोकुल बलायरले राससलाई बताउनुभयो । “हामीले चार पाङ्ग्रे सवारी साधनको इन्ट्री गरी नजिकको गाउँसम्म जान छुट दिएको हो”, उहाँले भन्नुभयो ।

भिस्वा नाकाबाट प्रवेश गर्ने ९९ प्रतिशत भारतीय नम्बर प्लेटका सवारी साधन पोखरीयालगायत पश्चिमी गाउँमा जाने गरेको छ । छिपरमाई गाउँपालिकाअन्तर्गत पर्ने भिस्वा भन्सार कार्यालयलाई छिमेकी भारतबाट नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई छुटपुर्जीको लागि सरकारले व्यवस्था नगरे पनि सीमाक्षेत्रमा रहेको सुरक्षाकर्मीले व्यावहारिक रुपमा नजिकको गाउँसम्म जान छुट दिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिषकुमार महतोसँग जिज्ञासा राख्दा उहाँले छोटी भन्सार कार्यालयलाई छुटपुर्जी काट्ने अधिकार सरकारले नदिएकाले मूल भन्सारबाटै छुटपुर्जी काट्नुपर्ने बताउनुभयो । भारतीय सवारी साधन धनीले वीरगञ्ज गएर छुटपुर्जी काट्ने काम खर्चिलो हुने भएकाले सरकारले भिस्वा छोटी भन्सारलाई छुटपुर्जी काट्ने व्यवस्था मिलाउनु पर्ने मागं गरेका छन् ।