५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्वपीडितद्वारा कानूनमन्त्रीलाई पत्र



अ+ अ-

काठमाडौँ । द्वन्द्वपीडित साझा चौतारीले सङ्क्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितलाई प्राथमिकताका साथ सहभागी गराउन कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई पत्र पठाएको छ ।

चौतारीले आज मन्त्री ढकाललाई पठाएको पत्रमा कानून संशोधनको प्रक्रियामा द्वन्द्वपीडितलाई अलग राख्दा समस्याले निकास पाउने नसक्ने अनुभव भएको हुँदा द्वन्द्वपीडितलाई सहभागी गराउन माग गरिएको छ ।

पत्रमा विगतका अनुभवबाट पाठ सिकेर सबै सरोकारवाला पक्षको सहकार्यमा सङ्क्रमणकालीन न्यायको मार्गचित्र तयार पार्न, ऐन कानून एवं नीति तर्जुमा गर्न, कानून निर्माणका लागि पीडितसँग आवश्यक परामर्श गर्न एवं आयोगलाई विश्वसनीय र परिणाममुखी बनाउन माग गरेको छ ।

चौतारीले कानून संशोधनको अवसरको प्रक्रियामा पनि द्वन्द्वपीडितको माग र मुद्धा सम्बोधन हुन नसकेमा आयोगमा दर्ता भएका धेरै मुद्दा वैकल्पिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्यायको बाटोमा जानुपर्ने बाध्यता हुने पत्रमा उल्लेख छ ।

चौतारीले द्वन्द्वपीडितको समस्या समाधान गर्न गत मङ्सिर ४ र ५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गरी वडापत्र जारी गरेको थियो । सो वडापत्रका विषयमा पनि सरकारले ध्यान दिन चौतारीले माग गरेको छ ।