६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

व्यवसाय प्रवद्र्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने

व्यवसाय प्रवद्र्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने
अ+ अ-

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ ।

बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपछिको निजी आवास निर्माण कर्जा उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गरेको छ ।

बैंकले रु दश लाखसम्मको लागि साधारण र रु दश लाखभन्दा बढीको कर्जाका लागि विस्तृत परियोजना प्रस्ताव पेस गरेपछि कर्जा दिने उल्लेख गरेको छ । यस्तै परियोजनाको बीमा गराउनुपर्नेको हकमा बीमाको पोलिसी बैंकमा पेस गरेपछि मात्र कर्जा भुक्तानी हुने व्यवस्था गरिएको छ । बैंकका अनुसार त्यस्तो कर्जाको अवधि पाँच वर्षको हुनेछ भने कर्जा किस्ताबन्दीमा दिइनेछ ।

बैंकका अनुसार व्यावसायिक कृषिका लागि रु पाँच करोड, स्वरोजगार कर्जा रु सात लाख, विदेशबाट फर्केका युवालाई रु १० लाख, महिला उद्यमशीलता रु १५ लाख, दलित समुदायका लागि रु १० लाख, व्यावसायिक शिक्षा रु पाँच लाख र भूकम्पपीडितलाई आवास निर्माण गर्न रु तीन लाख दिइनेछ ।

बैंकले तरकारी उत्पादन, प्रशोधन भण्डारण तथा बिक्री वितरण, बीउबिजन उत्पादन, वनजङ्गल व्यवसाय, पशुपक्षीपालन, फलफूल, मत्स्यपालन, पशु बधशाला, उखु, कफी, चिया, अलैँची, अदुवा, बेसार, जैतुन, सूर्यमुखी, अल्लो खेती, मौरीपालन, जौ, फापर, सिलाम, पशुपक्षीको दाना उद्योग, कपास ऊन, भेडा, च्याङ्ग्रा, चौँरीपालनलगायतमा सहुलियत कर्जा उपलब्ध गराउने योजना अगाडि सारेको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना र महिला उद्यमशीलताका लागि कृषि, पशुपक्षीपालन, सिँचाइ तथा सिँचाइ उपकरण, कृषि औजार, वन विकास तथा चरण, जग्गा विकास, उद्योग व्यवसाय, सेवा व्यवसायका क्षेत्रमा ऋण दिनेछ । यस्तै पशुपक्षीसम्बन्धी चिकित्सा व्यवसाय, कृषि तथा औद्योगिक उत्पादन वृद्धिमा सहयोग पु¥याउने व्यवसाय, सीप एवं स्वरोजगारमूलक व्यवसाय, पर्यटन, सञ्चारसम्बन्धी व्यवसाय, यातायात क्षेत्रमा समेत लगानीका लागि ऋण दिने छ ।

दलित समुदाय व्यवसायमा परम्परागत बजाउने बाजा निर्माण, सिलाइकटाइ, परम्परागत आयआर्जनका पेशा, फलाम, कोइला, जुत्ता बनाउनका लागि चाहिने कच्चा पदार्थ, प्रशोधित छाला, जुत्ता चप्पल, ब्याग आदि बनाउने उद्योग स्थापना, परम्परागत सुन चाँदीका गहना, भाँडाकुँडा निर्माण, कालिगड सेवा प्रवद्र्धनका लागि बैंकले ऋण दिनेछ । आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिन चाहिने कच्चा पदार्थ खरीद गर्न, वस्तु तथा सेवा बिक्री गर्न, व्यवसायका लागि सामूहिक यन्त्रशाला निर्माणका लागि ऋण प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

यस्तै आर्थिकरूपमा विपन्न, सीमान्तकृत समुदाय, तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागिसमेत ऋण दिने उहाँको भनाइ छ ।

सरकारले तोकेको विषयका उच्च शिक्षा, स्वास्थ्यसँग स्म्बन्धित विषय, इञ्जिनीयरिङ, पशु विज्ञान, कृषि विज्ञान तथा अन्य प्राविधिक विषयसँग सम्बन्धित स्नातक वा सो भन्दा माथिल्लो तहका विषय अध्ययनका लागि ऋण दिइनेछ ।

बैंकको व्याजको हाल आधारदर छ दशमलव ३३ रहेको छ । आधार दरमा थप दुई प्रतिशत ब्याज लाग्ने भएपनि सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिएको छ । महिला उद्यमशिलता कर्जाका लागि छ प्रतिशत ब्याज अनुदान दिएको छ । त्यस आधारमा हेर्दा बैंकले औसतमा दुई दशमलव ३३ प्रतिशत ब्याज दरमा महिलालाई ऋण प्रदान गर्नेछ । अन्यका हकमा भने तीन दशमलव ३३ प्रतिशत ब्याजमा ऋण दिनेछ ।

विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले हाल ७७ जिल्लामध्ये ७४ जिल्लामा आफ्नो सेवा दिइरहेको छ । हाल देशभर २१० शाखा कार्यालय, १६५ एटिएम, १७ एक्स्टेन्शन काउन्टर, ९३ शाखारहित बैंकिङ सेवा दिइरहेको छ ।

बैंकको २०७५ असोज मसान्तसम्म कूल निक्षेप रु एक खर्ब ६४ अर्ब छ । यस्तै बैंकले रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ । गत असोज मसान्तसम्म बैंकले रु एक अर्ब १२ करोड खुद मुनाफा गरेको छ । विसं २०७४ असोजमा भने रु ७० करोड ८७ लाख मुनाफा गरेको थियो । बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी २०७५ वैशाख १९ गतेदेखि एकीकृत कारोवार गर्दै आएको छ ।