४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीति नगर्न प्रधानमन्त्री ओलीको निर्देशन



अ+ अ-



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले राजनीतिकरणकै कारण कतिपय संस्थाहरु धरापमा परेको भन्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई राजनीतिक पीडित हुन नदिने उल्लेख गरेका हुन् ।

मंगलबार प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुका हरेक गतिविधि विधिसम्मत र पारदर्शी हुनुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको सरुवा, बढुवालगायतको काममा पनि पारदर्शिताउको आवश्यक्ता रहेको बताए ।

बैठकमा प्रतिष्ठानका उपकूलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले प्रतिष्ठानका लागि ५ सय विघा जग्गाको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेकी थिइन् ।