१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रका ८ जना एसएसपीमा बढुवा



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उपरीक्षकबाट बरिष्ठ उपरीक्षकमा पदोन्नती भएका ८ जना अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आयोजित कार्यक्रममा नेपाल सरकार मन्त्रिस्तरको पौष २० गतेको निर्णय अनुसार सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती भएकालाई दज्र्यानी चिन्ह प्रदान गरेको सशस्त्र बलले जनाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसै अवसरमा पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटो भएको उल्लेख गदैँ दर्जासँगै बढेको जिम्मेवारी पुरागर्न कार्यक्षेत्रमा सधैं जिम्मेवारी बोधकासाथ कृयाशिल रहनुपर्ने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी, नारायणबाबु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।