५ पुष २०८२, शनिबार
,
Latest
सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम्जनलाई प्रकाउ गर्ने आदेश छैन: प्रहरी



अ+ अ-

सिन्धुली । पाँचजना अनुयायी बेपत्ता पारेको लगायतका आरोप लागेका रामबहादुर बम्जन सिन्धुली आश्रममा रहेको तथ्य खुलेको छ। सिन्धुपाल्चोकबाट बम्जन भागेर सिन्धुलीस्थित कमलामाई नगरपालिका ८ को पैरेस्थित आश्रममा बसेको प्रहरीले जनाएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले बम्जम सिन्धुलीको आश्रममा रहेको र सरकारबाट आदेश आउने बितिकै उनलाई नियन्त्रणमा लिइने बताएका छन् ।

उनका विभिन्न आश्रममा पाँचजना अनुयायी र आनी बेपत्ता भएको, आश्रमका आनीहरूमाथि यौन दुर्व्यवहार गरेको जस्ता आरोपमा बम्जनमाथि किटानी जाहेरी परेपछि प्रहरीले बम्जनको खोजी गर्दै उनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा सिलबन्दी गरेर अनुसन्धान गरिरहेको छ।

तर, यस्ता आरोप लागेका बम्जन सिन्धुलीस्थित आश्रममा रहेको थाहा पाए पनि प्रहरीले नियन्त्रणमा लिन चासो दिएको छैन।