४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले भन्यो- प्रश्न गर्न नपाए संसद अवरुद्ध



अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसले संसदमा प्रधानमन्त्रीलाई जवाफा सोध्न नपाएमा फेरि पनि संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

नेपाली काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको हो । गत आइतबार भएको प्रधानमन्त्रीको सम्बोधनपछि प्रधानमन्त्रीलाई प्रश्न सोध्न दिइएको थिएन । त्यसपछि काँग्रेसले संसद बैठक नै अवरुद्ध पारेको थियो ।

सभामुखले पार्टीको सदस्यका रुपमा काम गरेको काँग्रेसको आरोप छ । त्यसैले सो विषयमा के गर्ने भनी आज बसेको बैठकमा काँग्रेसले यो निर्णय गरेको हो ।

आजको बैठक पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो । संसदको बैठक भोलि बुधबार बस्दैछ । भोलिको बैठकमा प्रश्न गर्न नदिइएमा काँग्रेसले बैठक अवरुद्ध गर्ने भएको हो ।