• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन ★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी

भ्रष्टाचारी भन्दै मेयरलाई कालोमोसो



प्युठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाका प्रमुखलाई कालोमोसो दलिएको छ ।

पूर्व एमालेबाट निर्वाचित मेयर नेत्रबहादुर रोकायलाई विप्लव नेतृत्वको नेकपाले कालोमोसो दलेको हाे ।
जिल्लाकै भ्रष्ट मेयर भन्दै रोकायलाई नेकपाले कालोमोसो दलेको विप्लवले जनाएको छ । उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई गरि आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेकाे आरोप मेयर रोकायलाई लगाइएको छ ।


मंगलबार नेकपा प्युठानका सेक्रेटरीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति निकाल्दै जनतामाथि अनावश्यक कर थोपरेको आरोप पनि नेकपाले लगाएको छ । नेकपाले रोकायमाथि गरिएको उक्त कारबाही पहिलो चरण भएको उल्लेख छ ।