१४ भाद्र २०८३, आईतवार
,
Latest
विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थि उत्पादन गर्ने शिक्षक नै फेल, ४० नम्बर पनि ल्याउन सकेनन्



अ+ अ-

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन्। आन्तरिक प्रतिस्पर्धाको परीक्षा एिका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुर्तीर्ण भएका हुन्।
उनीहरुले पास हुन चाहने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् भन्ने खबर कान्तिपुर दैनिकमा छ। शिक्षा मन्त्रलायले अस्थायी शिक्षलाई स्थायी गर्न ऐन संशोधन गरी आन्तरिक परीक्षा लिएको थियो।
कतिपय शिक्षक अनुर्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन्।

आयोगले लिने अन्तर्वार्तामा अझै करिब १ हजार शिक्षक छाँटिने निश्चित छ। आयोगले ९ प्रकारका विज्ञापन गरेकोमा कुनैमा माग भन्दा बढीले लिखित परीक्षा पास गरेका छन्।
आयोगले २२ हजार ७६ पदका लागि आन्तरिक तर्फ विज्ञापन गरेकोमा २३ हजार ३ सयले आवेदन दिएका थिए। ती मध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका हुन्।