• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन ★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी ★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली

उधारोमा सुत्केरी



प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका–१ धनगाडा सौता मारेफेदीकी विपना घर्तीमगरले स्वास्थ्यचौकी पुगेर चार पटक नियमित गर्भ जाँच गराइन्।
गाउँका महिला स्वास्थ्य स्वय्रसेविकाले कम्तिमा चारपटक गर्भजाँच गराउनु पर्छ भनेपछि उनी गाउँकै स्वास्थ्यचौकी पुगेकी हुन् भन्ने खबर अन्नपूर्णपोष्ट दैनिकमा छ।
२१ वर्षीया उनले गत कात्तिकमा बांगेमरोठ स्वास्थ्यचौकी पुगेर पहिलो सन्तान छोरा जन्माइन्। स्वास्थ्य संस्थामा सुत्केरी भएपछि यायातात खर्च त पाइनन् नै गर्भजाँच गराउँदा उत्प्रेरणाबापतको पैसा पनि पाइनन्। ‘पछि दिन्छौं भन्नु भएको छ’ उनले भनिन् ‘माघ ३ गते खोप लगाउन जाँने हो। त्यसै दिन दिनु हुन्छ कि?’
विपना जस्तै झिमरुक गाँउपालिकाका धेरैजसो सुत्केरीले यायायात र गर्भजाँच बापतको रकम पाएका छैनन्। गत आर्थिक वर्षसम्म गाँउगाँउमा सञ्चालित बर्थिङ सेन्टरमा सुत्केरी हुने आमाले रकम बुझ्दै आएका थिए।