१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुलाई वरिष्ठ उपाध्यक्ष बनाए चुनाव लड्ने नेम्वाङको घोषणा



अ+ अ-

चितवन । नेकपा एमालेका नेता सुवास नेम्वाङले अरुलाई वरिष्ठ उपाध्यक्ष बनाए चुनाव लड्ने घोषणा गर्नुभएको छ । एउटै होटलमा बसेका तर प्रत्यक्ष कुराकानी हुन नसकेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले वरिष्ठ उपाध्यक्ष पदको दावी नछाडेको सन्देश पठाउनुभएको छ । 

चितवनमा जारी एमालेको महाधिवेशनमा हिजो बन्द सत्र सुरु हुनुअघि नै नेम्वाङले चुनावमा आफू वरिष्ठ उपाध्यक्षमा उठ्ने बताउनुभएको थियो । वरिष्ठ उपाध्यक्षको दावेदारी ईश्वर पोखरेलले पनि गर्नुभएको छ । यद्यपि ईश्वर पोखरेलले नेम्वाङलाई पार्टीले अवसर पाएको खण्डमा राष्ट्रपति बनाउने लोभ देखाउनुभएको थियो ।

एमालेको महाधिवेशनमा हिजोको बन्द सत्रले पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएसँगै उहाँलाई अब आफ्नै समूहमा सर्वसम्मत गराउन निकै कठिन हुने देखिएको छ । नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदको दावी नछाडेपछि आज बिहान १० बजे प्रस्तुत गर्ने कार्यसूची अहिलेसम्म तयार नभएको बुझिएको छ ।

नेता नेम्वाङलाई उनी निकट आदिवासी, जनजाति समुदायका नेता कार्यकर्ताले वरिष्ठ उपाध्यक्षको दाबी नछाड्न दबाव दिएका छन् । नेम्वाङले अध्यक्ष ओलीबाहेक आफूभन्दा माथिको नेता कोही नभएको भन्दै वरिष्ठ उपाध्यक्षको दावी गर्दै आउनुभएको छ ।