१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः चार नेताले ओलीलाई बुझाए ३०१ केन्द्रीय सदस्यको सूची



अ+ अ-

कामाडौं । नेकपा एमालेका चार नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् ।

सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको असन्तुष्टिका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो । 

विहान १० बजे बन्दसत्र राखेका ओलीले बन्दसत्र रोकेर छलफलमा जुट्दै केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिएका थिए ।

ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिएका हुन् ।

चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाएका छन् । 

अध्यक्ष ओलीले त्यसलाई अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत गरिने बताइएको छ ।