१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको बन्दसत्र  साँझ ७ बजेबाट सुरु हुने भएको छ । 

हिजो स्थगित भएको बन्दसत्र आज साँझ सुरु हुने नेता गोकुल बास्कोटाले जानकारी दिएका छन् । 

सञ्चारकर्मीसँग कुरा गर्दै बास्कोटाले भने– 'आजको बन्दसत्र साथीहरुले खाना खाइसकेपछि साँझ ७ बजेदेखि सुरु हुन्छ, र सुरु हुनासाथ सकिन्छ ।'

एमाले जारी महाधिवेशनको हिजोको बन्दसत्रले सबै पदाधिकारी र सदस्यको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । उक्त निर्णयप्रति उपाध्यक्ष एवं अध्यक्षका दाबेदार भीम रावल र नेता घनश्याम भुसालले आपत्ति जनाएका थिए ।

यो पनि पढ्नुस्ः एमाले महाधिवेशनः चार नेताले ओलीलाई बुझाए ३०१ केन्द्रीय सदस्यको सूची