१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टी निर्णय विपरीत अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर निर्णय गर्नु आपत्तिजक’



अ+ अ-

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलले पार्टीका चार नेताले अध्यक्ष ओलीलाई सूची बुझाएकोमा आपत्ति जनाएका छन् । 

नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक  र पार्टी हितको विरूद्धमा छ।

 

ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिएका थिए ।

चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाएको र अध्यक्ष ओलीले त्यसलाई अन्तिम रुप दिँदै बन्दसत्रमा प्रस्तुत गर्ने तयारी छ । 




भर्खरै