२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिरीषको ‘अन्तिम भेट…’



अ+ अ-

काठमाडौँः
‘शिरमा सिन्दूर अर्कैको लाएर,
नरोउ भन्छेउ भेट हुन आएर,
सम्झी मन रोयो…
यही सम्झे मेरो मायालु, अन्तिम भेट हो यो…’

लोक तथा दोहोरी गायक शिरीष देवकोटाले ‘अन्तिम भेट…’ शीर्षक गीत बजारमा ल्याउनुभएको छ । रोईला (खेली) गायकका रुपमा चर्चित देवकोटाले पछिल्लो समयमा विछोडिनेहरुको पीडालाई समेटेर गीतमार्फत बजारमा ल्याउनुभएको हो ।


देवकोटाको लय शब्द र स्वर रहेको सो गीतमा लोक तथा दोहोरी गायिका विष्णु माझीले स्वर दिनुभएको छ ।

गुरुआमा फिल्मस् प्रालिले बजारमा ल्याएको सो गीतमा सङ्गीतकार विनोद बाजुरालीले सङ्गीत संयोजन गर्नुभएको छ । सो गीत आजदेखि युट्युबमा सुन्न सकिन्छ ।

सो गीतमा आशिरप्रताप जङ्ग र रञ्जिता शाहीले अभिनय गर्नुभएको छ । देवकोटाले यसअघि ‘यो दाइ फेरि आउँदैन’, ‘नजरैको भर’, ‘माया लाउन मिल्छ र’ र ‘दुर्गा होऊ कि भवानी’ जस्ता दर्जनौँ रोइला गीत बजारमा ल्याइसक्नु भएको छ ।

यस पटक सङ्गीतप्रेमी तथा स्रोतालाई फरक खालको गीत पस्कने क्रममा ‘अन्तिम भेट…’ बजारमा ल्याएको गायक देवकोटाले जानकारी दिनुभयो ।