१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको वडा अधिवेशनका क्रममा मन्त्रीलाई धकेलाधकेल गर्न थालेपछि पीएसओले गोली चलाए



symbolic photo
अ+ अ-

सर्लाही । सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा गोली चलेको छ । 

अधिवेशनको क्रममा प्रदेश मन्त्रीलाई धकेलाधकेल गर्न थालेपछि मन्त्रीका पीएसओले गोली चलाएका हुन् । 

अधिवेशनको विवादका क्रममा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहलाई धकेल्न थालेपछि मन्त्रीको सुरक्षामा खटिएका पीएसओले एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । 

अहिले स्थिति सामान्य रहेको बताइएको छ ।