२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखनाथ पुस्तकालयमा साहित्य सम्मान



अ+ अ-

भद्रपुर । १३५ औं लेखनाथ जयन्तिको अवसर पारेर भद्रपुर १० स्थित लेखनाथ पुस्तकालय चन्द्रगढीले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
भाषविद प्राध्यापक डा. टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान, श्यामकृष्ण कामाक्ष साहित्य सम्मान, भक्त किरण साहित्य सम्मान, श्यामकृष्ण कामाक्ष छात्रा प्रोत्साहन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।
श्रीप्रसाद ओली स्मृति साहित्य सम्मानबाट भारत आसामकी स्रष्टा इन्दुप्रभा देवी, श्यामकृष्ण कामाक्ष साहित्य सम्मानबाट इलामका कवि यादवप्रसाद अधिकारी, भक्त किरण साहित्य सम्मानबाट दमककी विन्दु दाहाललाई सम्मान गरिएको थियो भने श्यामकृष्ण कामाक्ष छात्रा प्रोत्साहन पुरस्कारबाट वीरेन्द्र माविकी छात्रा विनिषा पौडेललाई नगद ५ हजारले पुरस्कृत गरिएको थियो । यसैगरी स्रष्टा सम्मानबाट भद्रपुरका उपन्यासकार पवन निल र कवि तुलसी उपाध्यायलाई सम्मान गरिएको थियो ।
पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको सभापतित्व तथा प्रदेश संसद ओमप्रकाश सरावगीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा तथा छिमेकी जिल्लाबाट आएका कवि तथा गजदकारले विविध रचना वाचन समेत गरेका थिए ।