१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा छः वरिष्ठ नेता पौडेल

कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा छः वरिष्ठ नेता पौडेल
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा रहेको बताउनुभएको छ । 

आइतवार काठमाडौंमा आफुद्वारा लिखित हाते पुस्तक ‘कांग्रेसको अबको बाटो(रुपान्तरणको दस सूत्र)’ सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस भित्रको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा रहेको औँल्याउनुभएको हो । कांग्रेस संस्थापन पक्षले निर्वाचनको क्रममा सत्ताको प्रयोग गर्दै आफु अनुकुल गरिरहेको भन्दै उहाँले आन्तरिक लोकतन्त्रको लागि खतरा महशुस गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘निर्वाचनको क्रममा जे हामीले भोग्यौँ । निर्वाचनहरु सम्पन्न हुँदा प्रशासन, प्रहरीको जसरी कहीँ बल प्रयोग, कहीँ छल प्रयोग, कहीँ सल प्रयोग । सल, बल, छल । त्यसैले सत्ताको प्रयोग भइरहेको छ । यो पनि पार्टीभित्र आन्तरिक डेमोक्रेसीका लागि, आन्तरिक लोकतन्त्रका लागि एउटा गम्भिर खतरा बनिरहेको महशुस भइरहेको छ ।’

वरिष्ठ नेता पौडेलले राजनीतिक दलहरुलाई लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । राजनीतिक दलका कारण निमुखा जनताको अधिकारमाथि हस्तक्षेप भएको भन्दै उहाँले राजनीतिक दलहरुलाई निमुखा जनताको पहरेदार बनाउनुपर्ने बताउनुभयो । दलको सदस्यलाई विशेष सहुलियत दिने तर निमुखा जनताको अधिकार कुण्ठित गरीने अवस्था रहनु चिन्ताको विषय भएको उहाँको भनाई छ । 

उहाँले भन्नुभयो – ‘अति दलबन्दीबाट निमुखा जनताको न्याय मरेको छ । निमुखा जनताको अधिकारमाथि हस्तक्षेप भएको छ । दलको सदस्य भएपछि उसलाई विशेष सहुलियत, उसलाई विशेष पहुँच, जो दलको सदस्य छैन दलभित्र पनि गुटको, जो मुख्य सत्ताको केन्द्रमा छ उसको नजिक हुनेको बाहेक अरुको अधिकार, निमुखा जनताको अधिकार त्यहीभित्र पनि अधिकार कुण्ठित भइरहेको अवस्था छ । अति दलबन्दीबाट निमुखा जनता अहिले पिसिएको अवस्था छ । यो पनि एउटा चिन्ताको विषय भएको हुनाले दलहरुलाई नै लोकतान्त्रिकरण गरेर, दलहरुलाई नै जनताको साँच्चिकै पक्षमा काम गर्ने संस्थाको रुपमा विकास गरेर त्यही भित्र लोकतन्त्र साकार भएर, दलभित्रै आन्तरिक लोकतन्त्र साकार गरेर, सारा जनताको अधिकारको रक्षा दलहरुलाई बनाउनुपर्ने आवश्यकता छ । निमुखा जनताको अधिकारको पहरेदार दलहरुलाई बनाउनका लागि आन्तरिक लोकतन्त्र आवश्यक छ । दलहरु भित्रै आन्तरिक लोकतन्त्रको लडाँइ लड्न जरुरी मैले देखेको छु ।’

वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक प्रक्रियाबाटै निर्वाचित भएर सत्तामा पुग्ने व्यक्तिको असिमित महत्वांकांक्षाले लोकतन्त्रमाथि नै संकट पैदा हुने खतरा रहेकाले यस्तो प्रवृतिबाट लोकतन्त्र जोगाउने प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो ।