१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा ढाका कपडाको प्रदर्शनी हुने



अ+ अ-

काठमाडौं । काठमाडौंमा ढाका कपडाको प्रर्दशनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुने भएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुष २, ३ र ४ गते  काठमाडौं बानेश्वरको थापागाउँस्थित बानेश्वर व्याङ्केटमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुने भएको हो । प्रदर्शनीमा ४० वटा स्टल रहने बताइएको छ । त्यसमध्ये २५ वटा स्टलमा ढाकाका बस्तु र १५ वटा स्टलमा रेशाजन्य अल्लोका उत्पादनहरु राखिने नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघका संयोजक रमेश श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा ढाका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको पुनर्गठन समेत गरीने संयोजक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा राष्ट्रिय अल्लो उद्यमी संघ नेपालको पनि सहयोग रहेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामकुमार गिरीले पछिल्लो समय ढाकाको महत्व बढ्दै गएको र ढाकाको उत्पादनमा विविधिकरण हुन थालेको बताउनुभयो । ढाकाले महिला दिदीबहिनीहरुलाई रोजगारमा संलग्न गराउनका साथै पिछडिएका जनजातिहरुको आर्थिक स्तरमा उन्नति गर्न समेत मद्धत पु¥याएको उहाँले बताउनुभयो ।

अध्यक्ष गिरीले ढाकालाई फेसन उद्योगसँग जोड्नु आवश्यक रहेको समेत उल्लेख गर्नुभयो । ढाकाले ग्रामिण भेगमा रोजगारी सिर्जना गर्न र ग्रामिण भेगमा सन्तुलित विकास गर्न भुमिका खेलेको पनि उहाँले बताउनुभयो ।