२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस चितवनको अधिवेशन बुधबारदेखि



अ+ अ-

चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मङ्सिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ । 

नेपाली कांग्रेस चितवन कार्यसमितिको आज बसको बैठकले निर्वाचन समितिलाई अधिवेशनको मिति सिफारिस गरेको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिनुभयो । मङ्सिर १५ देखि १७ गतेसम्म बागमती प्रदेश समितिको निर्वाचन प्रक्रिया हुने भएकाले १८ गते मात्र पार्टीको जिल्ला कार्यसमितिको निर्वाचन गर्न लागिएको हो । यहि मङ्सिर ११ गते निर्वाचन गर्ने भनिएकामा नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशनकाम कारण आवास र आवतजावतको  समस्या हुने भन्दै स्थगित गरिएको थियो ।

जिल्लाको आजको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । कांग्रेसको विधानमा जिल्ला सभापतिका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएकाले दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने हुन्छ । यसका लागि कम्तीमा तीन दिन लाग्ने बताइएको छ । सभापति पदका ६ प्रत्यासी छन् ।