२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइरालाको ‘सिमाना खोज्दै’ उपन्यास विमोचन



अ+ अ-

‘अहिले राष्ट्रियता खतरामा पर्ने स्थितिमा छ, सबैले सोच्नुपर्ने बेला आयो’: लाेकसेवा अध्यक्ष मैनाली

काठमाडौँ। साहित्यकार एवं नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइरालाद्वारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ ।

ब्यूरो ८१ नेपालले शुक्रबार राजधानीमा अायाेजित कार्यक्रममा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका संघर्ष र उनको जीवनीमा आधारित भएर लेखिएको उक्त उपन्यासको लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले विमोचन गरेका हुन् ।


अध्यक्ष मैनालीले २०६३ सालपछि राष्ट्रियता कमजोर बन्दै गएको चिन्ता व्यक्त गरे । मैनालीले ईतिहास नपढी राष्ट्रियता बलियो नहुने दाबीसमेत गरेका छन् ।
उनले भने, ‘म साहित्यकार होइन, म असली पाठक हुँ, लक्ष्मीविलासले यो पुस्तक लेखेर राम्रो काम गर्नुभयो, आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको बारेमा यति गहिरो अध्ययन गरेर उपन्यास लेख्नु चानचुने कुरा होइन, पृथ्वीनारायण शाहको इतिहास गलत तरिकाले स्थापित गर्न खोजिएको पनि थियो, तर त्यो गलत प्रयास चाहीँ स्थायी हुन सकेन, आधारहिन कुराहरु गरेर र लेखेर पृथ्वीनारायण शाहको बद्नाम गर्नु उचित होइन ।’
अहिले राष्ट्रियता खतरामा पर्ने स्थितिमा पुगेको बताउँदै उनले सबैले यसबारेमा सोच्नुपर्ने बेला आएको पनि बताए । उनले थपे,‘सार्वभौमसत्ता रक्षा गर्न सम्पूर्ण नेपालीहरुले एक भएर लाग्नुपर्छ, जातीय, भाषिक र लैंगिक विवादहरु झिकेर देशलाई कमजोर बनाउने काम कसैले गर्नु हुँदैन, पृथ्वीनारारयण शाहले आधुनिक नेपाल निर्माण गर्नको लागि बल प्रयोग गर्नेमात्रै होइन, संयम भएर शासन चलाएको इतिहास छ।’
शाहका बारेमा तथ्यहरु बिना बोल्नुको कुनै अर्थ नरहने उनको भनाई छ । उनले थपे,‘युद्धको रणनीति शाहकोजति कसैसँग देखिएन, अन्यत्र देशहरुमा पढेलेखेका शासकहरु थिए, तर पृथ्वीनारायण शाहलाई मकवानपुरे राजाहरुले गोठालो भन्थे तर तिनै गोठालोले अंग्रेजहरुलाई परास्त गरेर देश बनाए, जसले यत्रो देश बनाए उनैलाई आधारहिन आरोप लगाएर गाली गर्ने काम भएको छ ।’
त्यस्तै कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले कृतिकार विलासीले पृथ्वीनारायणको शालिकमा एक थुङ्गा फूल थप्न सहयोग पुग्नेगरि महत्वपूर्ण पुस्तक बजारमा ल्याएको बताए ।
उनले भने, ‘यो उपन्यास सबैले पढ्न जरुरी छ, पृथ्वीनारायण शाहको बारेमा लेखिएको उपन्यासले मन छोएको छ, विलासीजीले पढ्न दिनुभएन । तर, सरस्वती माताले पढ्न दिनेछन् र म पढ्छु, पढेर कतै न कतै लेख्नेछु, आज मलाई पनि किताब लेख्नुपर्छ भन्ने लागेको छ, अबका दुई वर्षभित्र मेरो पनि पुस्तक आउनेछ, पुस्तक प्रकाशन गर्नेछु।’
कार्यक्रममा साहित्यकार प्रतिक नेपालले विमोचित उपन्यासमा युद्धको मनोविज्ञान भएको दाबी गरे । उनले भने,‘पृथ्वीनारायण शाहले देश जोडेका थिए, यस उपन्यासले पुस्ता जोड्ने काम गरेको छ, गोरखाली भनेपछि विश्व डराउने गर्छन्, अझैसम्म पनि त्यो शक्तिको प्रभाव छ, पृथ्वीनरायण शाहले देश नजोडेको भए अरु कसैको दासि बन्नुपर्ने थियो ।’
पृथ्वीनारायण शाहको कारण आज विश्वको एकमात्रै स्वाभिमान देश र सार्वभौमसम्पन्न देशको नागरिक भएर बाँच्न पाउनु गर्वको कुरा भएको पनि उनले सुनाए ।
नेपालले थपे,‘नेपालीहरुले बुद्धलाई चुईंगमको रुपमा लिएका छन्, सगरमाथालाई सक्ने भए आफ्नो नाममा बनाइहाल्थे, नेपालीहरु इतिहासलाई सम्मान गर्न नसक्ने, गाली गर्ने र बस्ने यस्तो पनि हुन्छ ? हुन त हाम्रो देशमा इतिहास र राम्रो कुराहरुको कदर हुन छाडेको छ, तर यो पुस्तक मदन पुरस्कारको हकदार पुस्तक हुनेछ, मैले यो रुपमा लिएको छु ।’
पुस्तकको प्रकाशन भने किशोरदत्त मिश्र र रोहन आचार्य (रत्ननगर, टाँडी–चितवन) ले गरेका छन् भने मुद्रण बिटी प्रिन्टिङ प्रेस, शंखमुल काठमाडौंको रहेको छ ।