१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः बन्दसत्र एक घण्टापछि धकेलियो



अ+ अ-

चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दसत्र एक घण्टा पछि सारिएको छ । 

आइतबार साँझ ७ बजे बोलाइएको बन्दसत्र एक घण्टा सारेर ८ बजेका लागि बोलाइएको हो । 

बन्दसत्र सारेर अहिले  सेभन स्टार होटलमा महाधिवेशन अध्यक्षमण्डलको बैठक बसेको छ । बैठकमा केपी ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यहरूको लिस्टमाथि छलफल भइरहेको बताइएको छ ।

महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल', स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित रहेका छन् ।