८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चन, नयाँ फिल्मकाे सुटिङमा गाउँतिर



अ+ अ-

भारतीय सुपरस्टार अमिताभ बच्चन गत वर्ष अाएकाे फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ (Thugs Of Hindostan) फ्लप भएपछि निराश भएर घरमा बसेका छैनन् । उनी अहिले नयाँ यात्रामा निस्केका छन् । अमिताभ बच्चन अाफ्नाे नयाँ फिल्मका लागि कम्मर कसेर लागेका छन् ।

हुनत, बच्चनले फिल्मसँग सम्बन्धित कुनै पनि कुरा सार्वजनिक गरेका छैनन् । गाउँघरका तस्वीरहरू अहिले उनले सामाजिक संजालमा पाेस्ट गर्न थालेका छन् । यी तस्वीरले उनी कुनै विशेष काममा लागेका छन् भन्ने प्रस्टै हुन्छ । उनका नजिकका व्यक्तिले उनी अहिले कुनै नयाँ फिल्मकाे सुटिङमा व्यस्त रहेकाे बताउँदै अाएका छन् ।

बिग बी ले अहिले गाउँघरका तस्वीरहरूकाे काेलाज बनाएर अाफ्नाे इंस्टाग्राम अकाउंटमा सेयर गरेका छन् । फोटोमा उनी गाउँमा गाेरूगाडामा यात्रा गरेकाे र गाउँका अारामदायी खटियामा सुतेकाे देखिएकाे छ । (एजेन्सी)