२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्णचन्द्र थापालाई भारतमा मानार्थ प्रधानसेनापति



अ+ अ-

प्रधान सेनापति पूर्णचन्द्र थापालाइ भारतमा मानार्थ प्रधान सेनापतिकाे पदवी दिइएकाे छ ।

भारतका राष्ट्रपति रामनाथ काेविन्दले राष्ट्रपति भवनमा शनिबार अायाेजित विशेष समाराेहमा उक्त पदवी प्रदान गर्नुभएकाे भारतीय राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ । उक्त समाराेहमा भारतका उच्च सैन्य अधिकारीहरूकाे पनि उपस्थिति थियाे ।

नेपाल र भारतका प्रधान सेनापतिहरूलाइ दुबै देशमा सन् १९५० देखि मानार्थ प्रधान सेनापतिकाे सम्मान दिइने प्रचलन रहेकाे छ ।
प्रधान सेनापति थापा भारतीय प्रधान सेनापति विपिन रावतकाे निमन्त्रणामा ६ दिनकाे भ्रमणकाे सिलसिलामा गत शुक्रबार भारत प्रस्थान गर्नुभएकाे थियाे ।

सेनापति थापाले भारतीय सेनाकाे जयपुरस्थित दक्षिण पश्चिम कमान्ड र लखनउस्थित केन्द्रीय कमान्डकाे निरीक्षण भ्रमण गर्नुहुनेछ ।

साथै, थापाले भारतीय रक्षामन्त्री निर्मला सितारमण र भारतीय सुरक्षा सल्लाहकार अजित डाेभालसँग भेटघाट गर्नुहुनेछ ।