८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीको स्वास्थ्य कमजोर छ, जुनसुकै बेला जे पनि हुनसक्छ, माग छिट्टै सम्बोधन होस- चिकित्सक संघ



अ+ अ-

काठमाडौँ । सरकारसँग विगतमा भएका सहमति र्कायान्वयनको माग राख्दै अनशन सुरु गरेका डा. केसीको जीवन रक्षाका लागि नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

डा. केसीले शुक्रबारदेखि इलाममा अनसन सुरु गरेका छन् । चिकित्सक संघले सहमति कार्यान्वयन गर्नुको साटो डा. केसीलाई चिढाउने गतिविधि गरेर सरकारले आफ्नो गरिमा र प्रतिष्ठामाथि आँच पुर्‍याएको ठहर गरेको छ ।

केसीले १६ औं पटक अनसन थालेका हुन् । यसरी यतिधेरै पटक अनसन बस्दा डा. केसीको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्नसक्ने भन्दै संघका महासचिव डा. लोचन कार्कीले जीवन रक्षाका लागि विशेष पहल गर्न माग गरेको हो ।

सो संघले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर अनसनलाई सदाका लागि अन्त्य गर्ने सुनिश्चित वातावरण तयार गर्न पनि सरकारलाई आग्रह गरेको छ ।