८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको कठिन जित, सलाह बने नायक



अ+ अ-

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले ब्राइटनमाथि कठिन जित हात पारेको छ । ब्राइटनको घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभपुलले ब्राइटनलाई १–० गोलले हरायो ।

लिभरपुलको कठिन जितमा मोहमद सलाह नायक बने । सलाहले ४९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लिभरपुललाई हारबाट जोगाएका थिए । सलाहको जारी सिजनमा यो १७औं गोल हो । ब्राइटनका पास्कल ग्रसले सलाहलाई फल हानेपछि लिभरपुलले पेनाल्टीको पाएको थियो ।

जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी सँग सात अंकको अग्रता बनाएको छ । लिभरपुलले २२ खेलबाट ५७ अंक बनाएको छ । एक खेल कम खेलेको सिटीको ५० अंक छ । २६ अंक बनाएको ब्राइटल १३औं स्थानमा छ ।
यसैगरी शनिबार रातीनै भएको अर्को खेलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई २–१ गोलले पराजित गर्यो । घरेलु मैदानमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वीज नवौं र विलियनले ५७औं मिनेटमा गोल गरे । न्युक्यासलका कियरन क्लार्कले ४०औं मिनेटमा एक गोल फर्काएका थिए । जितपछि २२ खेलबाट ४७ अंक बनाएको चेल्सीले चौथो स्थान थप बलियो बनाएको छ । १८ अंक बनाएको न्युक्यासल रेलिगेसनमै छ ।

अन्य खेलमा बर्नलीले फुलहामलाई २–१, बाटफोर्डले क्रिस्टल प्यालेसलाई २–१ र साउथह्याप्पटनले लेस्टर सिटीलाई २–१ गेलले हरायो । कार्डिफ सिटी र हडर्सफिल्ड टाउनले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

त्यस्तै, इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यास्टललाई पराजित गर्दै महत्वपूर्ण तीन अंक खोसेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्युक्यास्टललाई २–१ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा पेड्रो र विलियमले गोल गरे । यता, न्युक्यास्टलको लागि भने कैयरन क्लार्कले गोल गरे ।

खेलको नौं मिनेटमा नै पेड्रोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । एकपछि अर्को दबाब बनाएको चेल्सीले पहिलो हाफको अन्त्यतिर गोल खान पुग्यो । क्लार्कले गोल गर्दै चेल्सीविरुद्ध न्युक्यास्टललाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा सकेको थियो भने दोस्रो हाफमा चेल्सीले थप एक गोल गर्न सफल भयो । विलियमले ५७औं मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ गोलको जित दिलाएका थिए ।

शनिबार राति नै भएका अन्य खेलमा साउथह्याम्पटनले लेष्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दा बर्नेलीले फुलह्यामलाई २–१ गोलले नै पराजित गरेको छ ।

त्यस्तै, वाट्फोर्डले क्रिष्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गर्दा कार्डिफ सिटी र हडर्सफिल्ड भने गोलरहित बराबरीमा रोकिएका छन् ।

जितसँगै चेल्सीले २२ खेलबाट ४७ अंक बनाएको छ । अहिले चेल्सी लिगको चौथो स्थानमा छ । पराजित न्युक्यास्टल भने लिगको १८औं स्थानमा छ ।