एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेलेका छन् ।
आइतबार राति चेल्सीको मैदानमाभएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको ५० औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ६९ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।
बराबरीसँगै शीर्ष स्थानमा रहेको चेल्सीले १३ खेलमा ३० अंक जोडेको छ ।
युनाईटेड १८ अंकसहित आठौं स्थानमा रहेको छ ।