८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित



अ+ अ-

काठमाडौं । महिला टी–२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार बिहान भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष नेपालले १६.२ ओभरमा ४ विकेटको क्षेतिमा पुरा गरेको थियो ।

नेपालका लागि रोमा थापाले २० र सीता राना मगरले १६ रन बनाएकी थिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । मलेसियाई सस्तैमा समेट्ने क्रममा सरिता मगरले ४ विकेट लिएकी थिइन् ।

शनिबारबाट थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको थियो ।