१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ ।

स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ । माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत गरेको थियो । नेपाल टेलिकमपछि शेयर सङ्ख्याका आधारमा सो आयोजनाको शेयर सङ्ख्या ठूलो रहेको छ ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाको हाल ९७ प्रतिशत भौतिक निर्माण सकिएको छ । आगामी कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने तयारी गरेको छ ।

सेन्ट्रल फाइनान्स र ओम डेभलपमेन्टले लाभांश दिने

सेन्ट्रल फाइनान्सले आफ्ना शेयरधनीलाई सात प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हालको चुक्ता पू्ँजीको सात प्रतिशतले हुने रु पाँच करोड ७६ लाख ३७ हजार ८५० लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको सधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

यसैगरी ओम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १२ दशमलव ७० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । आव २०७४/७५ को नाफाबाट उक्त प्रस्ताव गरिएको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभाबाट उक्त प्रस्ताव पारित गरि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

मूल्य समायोजन

त्यस्तै स्टकमा आज कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरिएको छ । कम्पनीले आठ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेलगत्तै प्रतिकित्ता रु ९१२ मा मूल्य समायोजन गरिएको हो । सो लघुवित्तको औसत शेयर मूल्य रु ९९४ रहेको छ ।


स्टकले साहारा विकास बैंकको धितोपत्र सूचीकरण फुकुवा गरेको छ । धितोपत्र बजारको मूल्यलाई प्रभाव पार्ने सूचना तत्काल निर्णय हुनासाथ उपलब्ध गराउनुपर्ने कानूनी प्रावधानअनुसार सो सङ्गठित संस्थाले कार्य गरेको नदेखिएकाले स्टकले केही दिन पहिले स्पष्टीकरण माग गरेको थियो ।

स्टकले कानूनमा रहेका व्यवस्था तोकिए बमोजिम गर्न र त्यस्ता गल्ती नदोहोर्याउन सचेत गराउँदै धितोपत्र सूचीकरण फुकुवा गरेको स्टकका सूचीकरण शाखाका कायममुकायम सहायक प्रबन्धक सुवोध ढुङ्गेलले जानकारी दिनुभयो ।