१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डसँग चिनियाँ राजदूत होउ यान्छीको भेट



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नुभएको छ । राजदूत यान्छी प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुग्नुभएको थियो ।

उहाँहरुबीच चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको बताइएको छ । अहिले विदेशमन्त्री वाङको नेपाल भ्रमणको तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयलका अनुसार भ्रमणको मिति टुङ्गो नलागे पनि भ्रमण चाँडै हुनेछ । सोमबार परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि नेपालमा चाँडै उच्चस्तरीय भ्रमण हुन लागेको जानकारी दिनुभएको थियो ।

नेपाल सरकारले अमेरिकी सहायता परियोजना एमसीसी संसद्बाट अनुमोदन गरिसकेको छ । तर एमसीसी अनुमोदन हुनुअघि चीनले सार्वजनिकरुपमै एमसीसीका बारेमा टिप्पणी गरेको थियो । चीनले एमसीसीप्रति लक्ष्यित गर्दै नेपालको विकास र जनजीवन सुधारका लागि अन्तर्राष्ट्रिय समुदायको योगदानको स्वागत गर्ने तर त्यस्तो सहयोग राजनीतिक शर्तरहित नेपाली जनताको चाहनाबमोजिम हुनुपर्ने बताएको थियो ।

अमेरिकाले यही फागुन १६ गतेभित्र एमसीसी सम्झौता संसद्बाट पारित नगरे नेपाल अमेरिका सम्बन्धमा पुनरावलोकन गर्ने चेतावनी दिएपति चीनको विदेश मन्त्रालयले ‘जबरजस्ती कूटनीति’ को विरुद्धमा रहेको बताएको थियो । चीनको अमेरिकासँग व्यापार युद्ध जारी छ । यही बेला एमसीसी पारित भएपछि छिमेकी मुलुक नेपालसँग कसरी सम्बन्ध अगाडि बढ्ला भन्ने चासोका बीच चिनियाँ विदेशमन्त्रीको भ्रमण हुन लागेको हो ।