३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

मड्रिडका नयाँ रोनाल्डो भिन्सियस

मड्रिडका नयाँ रोनाल्डो भिन्सियस
अ+ अ-

काठमाडौं । प्रशिक्षक जुलेन लोपेटेगी रहँदा रियल मड्रिडले हरेक खेल हार्नेबित्तिकै समर्थकहरुले प्रश्न गर्थे, ‘भिन्सियस जुनियरलाई अवसर किन दिइएन ?’

लोपेटेगीलाई बर्खास्त गरेपछि प्रशिक्षक बनाइएका सान्टियागो सोलारीले त्यही प्रश्नका कारण या नयाँ प्रयोग गरिरहेकाले पनि भिन्सियसलाई अवसर दिइरहेका छन् । अवसर पाउँदा भिन्सियसले पनि आफ्नो क्षमता देखाइरहेका छन् ।

क्रिष्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस गएपछि मड्रिडमा भएको स्टार स्ट्राइकरको कमी भिन्सियसले पूरा गर्ने विश्वासमा समर्थकहरु पनि देखिएका छन् । भिन्सियसको खेल शैली यस्तो छ कि समर्थकहरुलाई आरामले सिटमा बस्नै दिँदैन । उनको खेलमा समर्थक निकै छिटो तानिन्छन् र हुटिङ गरिहाल्छन् ।

मड्रिडका अर्का स्ट्राइकर करिम बेन्जेमाको फुटबल करिअर आफ्नो गोलमा भन्दा पनि गोलको अवसर सिर्जना गर्ने र अर्का स्ट्राइकरमा भर पर्ने गरी बढिरहँदा भिन्सियससँग उनको तालमेल मिलिरहेको छ ।

कोपा डेल रेमा लेगानेससँग खेल्दा होस् या ला लिगामा रियल सोसिडाडविरुद्ध बेन्जेमा र भिन्सियसबीच तालमेल देखिएको थियो । त्यसले पनि मड्रिडमा भिन्सियसको भविष्य राम्रो देखिन्छ । भिन्सियस मैदानमा निस्वार्थ रहने र आफ्नो गोलमा भन्दा टिमको जितमा ध्यान दिने हुनाले पनि चर्चामा रहेका छन् ।

लेगानेसविरुद्धको जितपछि भिन्सियसले सामाजिक सञ्जालमा मड्रिड समर्थकका लागि एउटा सन्देश दिए । जसमा उनले आफू अझै मेहनत गर्दै जाने उल्लेख गरेका छन् ।

‘अहिलेसम्म नै म शान्त छु, कडा मेहनत गरिरहेको छु, सधैँ सिकिरहेको छु’ उनले भनेका छन्, ‘टिमका लागि राम्रो गर्न पाउँदा म असाध्यै खुशी छु ।’

उही शान्त स्वभावका कारण पनि रियल मड्रिडमा भिन्सियस जोस पाइजो डि ओलिभिरा जुनियर अर्थात भिन्सियस जुनियर समर्थकका प्रिय बनिरहेका छन् । विश्व फुटबलमा नयाँ स्टारका रुपमा मड्रिडले भिन्सियसलाई चिनाइरहेको पनि छ ।

करिअरको सुरुवात

ब्राजिलका अरु स्टार खेलाडीजस्तै भिन्सियसले पनि फुटसलबाट नै आफ्नो खेल यात्रा सुरु गरेका थिए । उनले ब्राजिलियन क्लब फ्लामेन्गोको युथ टिमबाट फुटबल सुरु गरेका थिए । पहिलो पटक क्लबमा छनोट हुन नसकेका उनी एक वर्षपछि पुनः छनोट भएका थिए ।

रोनाल्डो युभेन्टस गएपछि नै रियल मड्रिडमा झण्डै दशकपछि लेफ्ट साइड अट्याकको लागि ठाउँ खुलेको हो । भिन्सियसका लागि पनि त्यही स्थान विशेष उपयोगी देखिन्छ ।
ब्राजिलको १५ वर्षमुनि र १७ वर्षमुनिको टिमबाट खेलेर उनले फ्लामेन्गोमा आफू हुनुपर्ने कारण पनि प्रमाणित गरेका थिए । त्यसपछि नै उनी फ्लामेन्गोमा प्रमुख खेलाडीका रुपमा रहन थाले ।

फ्लामेन्गोमा ३० मिलियन डलर बाइआउट क्लजमा रहेका भिन्सियस पहिलो खेलपछि नै ४५ मिलियन बाइआउट क्लजमा पुगेका थिए । त्यसले उनको खेल शैली र आवश्यकता थप प्रमाणित गरेको थियो । त्यसपछि नै उनलाई स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाले किन्न चाहेका खबर फैलिएका थिए । नभन्दै उनी १८ वर्ष पुग्नेवित्तिकै रियल मड्रिडले ४५ मिलियन डलरमा ल्याइहाल्यो ।

रियल मड्रिडमा भिन्सियसको आगमन उनको राष्ट्रिय टिमको बाटोको रुपमा पनि हेरिएको छ । ब्राजिलको २० वर्षमुनिको टोलीमा पनि स्थान नबनाएका उनले मड्रिडमा आफ्नो खेल देखाउन थालेपछि उनका लागि अवसरहरु धेरै नै बढ्दै छन् ।

आकर्षक खेलकला

नयाँ सिजन सुरु हुनुअघि भएको मैत्रीपूर्ण खेलमा मड्रिडबाट अवसर पाएका भिन्सियसले आफ्नो कलाले धेरैलाई चकित पारे पनि प्रमुख खेलमा भने निकै पछिमात्र मौका पाए । उनको छिटो छिटो बल छुने र बढाउने साथै क्रस पास फाल्ने शैली उत्कृष्ट देखिन्छ ।

भिन्सियस आफूअघि बलियो डिफेन्स लाइन रहँदा पनि छक्याएर अघि बढ्न सक्षम हुन्छन् । पास आएको बल लिने उनको शैली पनि अरु खेलाडीको भन्दा भिन्न देखिन्छ । विपक्षीतर्फ नै फर्किएर पनि उनी पास बल रिसिभ गर्न सक्छन् । त्यसमा उनको शैली एलेक्स सान्चेजसँग कता कति मिलेको जस्तो लाग्छ ।

वान भर्सेस वानको अवस्थामा पनि उनी आफ्नो फरक फरक कलाले बल प्रहार गर्न सक्छन् । यसैले उनले के गर्छन् भन्ने अनुमान लगाउन विपक्षीका लागि सहज हुँदैन । उनी अट्याकिङका बेला एकै शैली पनि अपनाउँदैनन् । उनले खुला ठाउँबाट बल बढाउने हुँदा केही क्षेत्र भने सीमित देखिन्छन् । अब मड्रिडमा उनले त्यसमा सुधार गर्ने हो भने बलियो मिडफिल्डको साथले झनै राम्रो हुने नै छन् ।

रोनाल्डो युभेन्टस गएपछि नै रियल मड्रिडमा झण्डै दशकपछि लेफ्ट साइड अट्याकको लागि ठाउँ खुलेको हो । भिन्सियसका लागि पनि त्यही स्थान विशेष उपयोगी देखिन्छ ।

ला लिगामा कमजोर बनिरहेको मड्रिडलाई उकास्न सके भिन्सियसले आफूलाई स्टार खेलाडीका रुपमा उभ्याउन सक्ने छन् । यसैले मड्रिडमा उनका लागि अवसर जस्तै अग्लो चुनौती पनि छ । आउँदो समयले नै उनी सामान्य स्ट्राइकर या नयाँ स्टारका रुपमा देखा पर्छन् भन्ने देखाउनेछ ।

तर भिन्सियस विश्वस्त छन् । ‘म अझै राम्रो हुँदै गइरहेको छु । हरेक दिन सुधार गर्दै गइरहेको छु । आत्मविश्वास अझै बढेको छ’ उनले भनेका छन्, ‘म फिजिकल र ट्याकटिकल रुपमा पनि राम्रो भएको छु जस्तो लाग्छ ।’

भिन्सियसले भनेजस्तै अहिले उनी राम्रो देखिएका छन् । रियल मड्रिडको लगातारको खराब नतिजाले निराश बनेका समर्थकहरु अहिले भिन्सियसको कला हेर्न नै बर्नाबेउ धाउन थालेका छन् । दर्शकको कमी हुन थालिसकेको मैदानमा भिन्सियसलाई खेलाउन थालेपछि अघिल्लो दिन नै टिकट बिक्री भइसक्न थालेको छ ।

कतिपयले १८ वर्षको उमेरमा रियल मड्रिडमा यत्तिको प्रभाव जमाउन सक्ने खेलाडी राहुलपछि भिन्सियस नै रहेको समेत बताउन थालेका छन् ।

रियल मड्रिडमा ११ वर्ष रहँदा ६ पटक ला लिगा जितेका पूर्व खेलाडी इमिलियो बुतारग्युनो सान्तोषले पनि भिन्सियसको तारिफ गरेका छन् ।

‘भिन्सियसले जसरी खेलिरहेका छन् त्यो निकै राम्रो छ । हामीले बिर्सनुहुँदैन ऊ १८ वर्षको मात्रै भयो’ उनले भनेका छन् ।
मड्रिडका प्रशिक्षक सोलारीले पनि भिन्सियसले मड्रिडमा निकै उत्कृष्ट खेल देखाइरहेको बताएका छन् । ‘उनको प्रगति निकै राम्रो छ, क्लबको पछिल्ला खेलहरुमा पनि त्यो उचाइ देखिएको छ’ सोलारीले भनेका छन् ।