१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलको गृहजिल्लामा संस्थापनइतरका न्यौपानेलाई हराउँदै सभापतिमा आले निर्वाचित



अ+ अ-

तनहुँ । नेपाली कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न भएको मतपरिणामअनुसार आले १६८ बढी मत प्राप्त गरी कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । 

सभापतिमा निर्वाचित आलेले ९५१ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी संस्थापनइतरको समर्थन रहेका वैकुण्ठ न्यौपानेले ७८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा एक सहसचिव बाहेक सबै पदाधिकारी आले प्यानलबाट निर्वाचित हुनुभएको छ । 

उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ९०७ र ८७६ मत प्राप्त गर्नुभएको छ । सचिवमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः १०२० र ८१२ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी मोहन गिरीले ८०७ र केशबहादुर सुनारले ७२७ मत प्राप्त गर्नुभएको छ ।

सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ९२० र ८५९ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी धिरेश खनालले ७७४ र हुतमणि अधिकारीले ७७६ मत प्राप्त गर्नुभएको छ । 

कूल एक हजार ८१७ मतदातामध्ये शनिबार सम्पन्न मतदानमा एक हजार ७८३ मत खसेको थियो ।