२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलको गृहजिल्लामा संस्थापनइतरका न्यौपानेलाई हराउँदै सभापतिमा आले निर्वाचित



अ+ अ-

तनहुँ । नेपाली कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न भएको मतपरिणामअनुसार आले १६८ बढी मत प्राप्त गरी कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । 

सभापतिमा निर्वाचित आलेले ९५१ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी संस्थापनइतरको समर्थन रहेका वैकुण्ठ न्यौपानेले ७८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा एक सहसचिव बाहेक सबै पदाधिकारी आले प्यानलबाट निर्वाचित हुनुभएको छ । 

उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ९०७ र ८७६ मत प्राप्त गर्नुभएको छ । सचिवमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः १०२० र ८१२ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी मोहन गिरीले ८०७ र केशबहादुर सुनारले ७२७ मत प्राप्त गर्नुभएको छ ।

सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ९२० र ८५९ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी धिरेश खनालले ७७४ र हुतमणि अधिकारीले ७७६ मत प्राप्त गर्नुभएको छ । 

कूल एक हजार ८१७ मतदातामध्ये शनिबार सम्पन्न मतदानमा एक हजार ७८३ मत खसेको थियो ।