६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

उपभोक्ताको भीड रुपैडिहामा

उपभोक्ताको भीड रुपैडिहामा
अ+ अ-

नेपालगञ्ज । घरायसी प्रयोजनका सामाज खरीद गर्न बाँकेको सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको प्रत्येक दिन घुइँचो नै लाग्ने गर्दछ । कारण एउटै हो, नेपालगञ्जभन्दा भारतीय बजार रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने बुझाइ ।

यहाँका उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ नयाँ भने होइन । “हामीले नेपाली उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ तोड्न धेरै प्रयत्न गर्यो, तर सफल भने हुन सकेका छैनौँ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको भनाइ छ ।

भारतीय बजारबाट उपभोक्ताले ल्याउने सामानमा नेपालगञ्ज भन्सार कार्यालयले कडाइ नर्दा पनि उपभोक्ताको रोजाइमा भारतीय बजार परेको उहाँको भनाइ छ तर, भन्सार कार्यालय भने यो कुरा मान्न तयार छैन । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौला भन्नुहुन्छ, “हामीले सामान ल्याउँदा भन्सार लिने गरेका छौँ, तर व्यावहारिक पक्षलाई ख्याल गर्दा केही खुकुलो भएको मात्र हो ।”

भन्सार प्रमुखको यो प्रष्टीकरणले भने मूर्तता पाउन सकेको छैन । भन्सार नतिरेरैै व्यक्तिगत उपभोक्ताले दिनहुँजसो रुपैडिहा बजारबाट चामल, दाल, चिनी, तेल, लुगाकपडा, विद्युतीयलगायतका सामग्री ल्याउने गरेका छन् । नेपालगञ्ज फुलटेक्राकी साहान ठकुरीले भन्नुभयो, “म महीनामा दुई÷तीन पटक रुपैडिहा बजार जाने गर्छु । मैले सामान ल्याउँदा अहिलेसम्म भन्सार तिर्नुपरेको छैन ।”

सहानाजस्ता सयौँ उपभोक्ताले दिनहँु रुपैडिहा बजारबाट घरायसी र व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरेरै ल्याउने गरेका छन् । यही कुराले नेपालगञ्जमा व्यापारीलाई सधैँ चिमोट्ने गर्छ । भन्सार तिर्न नपरेपछि रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड त्यहाँका व्यापारीका लागि थेगी नसक्नु छ भने नेपालगञ्जका व्यापारी पसलमा ग्राहक पर्खी बस्नुपर्ने विडम्बनापूर्ण स्थिति छ ।

अझ चाडपर्व, बिहे, व्रतबन्धको समयमा त रुपैडिहा बजारका पसलमा नेपाली ग्राहकलाई खुट्टा राख्ने ठाउँ नै हुँदैन । नेपाली उपभोक्तालाई ध्यानमा राखेर नै रुपैडिहामा सपिङ मल, सपिङ मार्टलगायतका ठूलाठूला पसल खुलेका छन् ।

केही महीनाअघि नेपालगञ्ज भन्सार कार्यालयले रु एक हजार बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने उर्दी गरेपछि बीचमा केही समय रुपैडिहा जानेको सङ्ख्यामा कमी आएको थियो । यो निर्णय दीर्घकालीन हुन नसक्दा अहिले फेरि रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या ह्वात्तै बढेको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य भन्नुहुन्छ, “रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने गलत बुझाइका कारण नेपालगञ्जमै सस्तोमा पाइने बहुर्राष्ट्रिय कम्पनीका सामान समेत नेपाली उपभोक्ताले महँगोमा किनेर ल्याउने गर्दछन् ।”

रिक्सा, टाँगा र माइक्रोबसमा कोचिएर, भारतीय कष्टमका कर्मचारी र एसएसबीको हेपाइ सकेर किन नेपाली रुपैडिहामा सामान किन्न जान्छन् त रु प्रायः सबै उपभोक्ता भन्छन, “नेपालगञ्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ र भन्सार पनि तिर्नु पर्दैन ।”

घरको करेसाबारीलाई बाँझो राखेर खुर्सानी, लसुन, बेसारसम्म किन्न रुपैडिहा जानेको भीडले गर्दा भारतीय व्यापारी मालामाल भइरहेका छन् । रुपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि त्यहाँ दैनिक रु पाँच करोड बढीको कारोवार हुने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रारम्भिक तथ्याङ्क छ । अझ चाडपर्वका बेला त यो सङ्ख्या र रकम दोब्बर हुने अनुमान सङ्घले गरेको छ ।

नेपालगञ्ज बजार सुक्ने र रुपैडिहा चम्किने गतिविधि अहिलेको नयाँ भने होइन । मानिसको दिमागमा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने छाप बसेकाले पनि यस्तो भइरहेको र यो भ्रमलाई उद्योग वाणिज्य सङ्घ वा नेपाली व्यवसायीले चिर्न नसकेकै कारण सीमापारि जानेको भीड कम हुन नसकेको सम्बद्ध क्षेत्रका जानकार बताउछन् ।