२२ भाद्र २०८३, सोमबार
,
Latest
ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग वानः पिएसजीको जित, मेसीको ३ असिस्ट



अ+ अ-

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा घरेलु टोली सेन्ट इटिएनमाथि पूनरागमन जित निकालेको छ ।

ब्राजिली डिफेन्डर तथा कप्तान मार्किन्हसले दुई गोल तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेसीको तीन असिस्टमा पिएसजी विजयी बनेको हो । 

२३औं मिनेटमा डेनिस बोउअंगाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । ४५औं मिनेटमा टिमोथी कोलोडजिकजाक सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इटिएन १० खेलाडीमा समेटियो । 

पहिलो हाफको इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्किन्हसले लियोनेल मेसीको पासमा गोल गरे । 

७९औं मिनेटमा एन्जल डि मारियाले मेसीकै पासमा गोल गर्दै पिएसजीलाई खेलमा २–१ को अग्रता दिलाए । 

यस्तै इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा मार्किन्हसले मेसीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई जित दिलाए ।

जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले १५ खेलबाट ४० अंक जोडेको छ । पराजित सेन्ट इटिएन १२ अंकसहित पुछारमा रहेको छ ।