१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग वानः पिएसजीको जित, मेसीको ३ असिस्ट



अ+ अ-

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा घरेलु टोली सेन्ट इटिएनमाथि पूनरागमन जित निकालेको छ ।

ब्राजिली डिफेन्डर तथा कप्तान मार्किन्हसले दुई गोल तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेसीको तीन असिस्टमा पिएसजी विजयी बनेको हो । 

२३औं मिनेटमा डेनिस बोउअंगाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । ४५औं मिनेटमा टिमोथी कोलोडजिकजाक सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इटिएन १० खेलाडीमा समेटियो । 

पहिलो हाफको इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्किन्हसले लियोनेल मेसीको पासमा गोल गरे । 

७९औं मिनेटमा एन्जल डि मारियाले मेसीकै पासमा गोल गर्दै पिएसजीलाई खेलमा २–१ को अग्रता दिलाए । 

यस्तै इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा मार्किन्हसले मेसीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई जित दिलाए ।

जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले १५ खेलबाट ४० अंक जोडेको छ । पराजित सेन्ट इटिएन १२ अंकसहित पुछारमा रहेको छ ।