४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

बोलिभियाले गर्यो इटालीका पूर्व लडाकूसँग सुपुर्दगी

बोलिभियाले गर्यो इटालीका पूर्व लडाकूसँग सुपुर्दगी
अ+ अ-

रोम । बोलिभियाले इटालीका पूर्व बामपन्थी लडाकू सेजार बाटिस्टीलाई इटाली समक्ष सुपुर्दगी गरेको छ । विगत चार दशकदेखि इटालीको सर्वाधिक खोजीमा रहेका बाटिस्टीलाई अन्तर्राष्ट्रिय प्रहरीको सहयोगमा बोलिभियामा पक्राउ गरिएको थियो ।

इटालीमा प्रतिबन्धित सशस्त्र क्रान्तिकारी समूहमा आबद्ध रहेको आरोपमा सन् १९७९ मा थुनामा परेका बाटिस्टी त्यसको दुई वर्षपछि कारागारबाट फरार भएका थिए । सन् १९७० को दशकमा चार जनाको हत्या आरोपमा जेल सजाय सुनाइएका बाटिस्टीलाई त्यसपछि फरार सूचीमा राखिएको थियो ।

इटालीले बाटिस्टीलाई सुपुर्दगी गर्न बोलिभियासमक्ष पटकपटक आग्रह गरेको थियो । बाटिस्टी ब्राजिलका बामपन्थी पूर्व राष्ट्रपति लुइज इनासीयो लुला डी सिल्भाको संरक्षणमा वर्षौंसम्म ब्राजिलमा थिए । तर अहिले सिल्भा आफैँ भ्रष्टाचारको आरोपमा जेलमा छन् ।

बाटिस्टीलाई बोलिभियाको सान्ता क्रुज डे ला सिएरा शहरमा इटालेली र बोलिभियाली प्रहरीको संयुक्त कारबाहीका क्रममा गत शनिबार पक्राउ गरिएको इटालीको प्रहरीले जनाएको छ ।

इटाली सरकारी स्रोतका अनुसार प्रहरी सामुन्ने ६४ वर्षीय बाटिस्टीले कुनै प्रतिक्रिया बेगर नै आत्मसमर्पण गरेका थिए । गिरफ्तारीका समयमा उनी नक्कली दाह्री र जुँगामा थिए ।

उनलाई तत्कालै इटाली अधिकारी समक्ष बुझाइएको थियो । उनलाई बोलिभियाबाट हवाई जहाजमा राखेर इटाली ल्याइएको इटालीका गृहमन्त्री माटिओ साल्भिनीले बताउनुभयो ।

मन्त्री साल्भिनीले ट्वीट गर्दै भन्नुभएको छ, “बाटिस्टीलाई पक्राउ गर्न सफल भएकामा हामीलाई गर्व लागेको छ, र खुशी छौं ।”

इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले पनि फेसबुकमा बाटिस्टीलाई पक्राउ गर्न सहयोग गरेकामा ब्राजिलका राष्ट्रपतिप्रति आभार व्यक्त गर्नुभएको छ ।

बाटिस्टीमाथि दुई जना इटाली प्रहरीको हत्या आरोपमा आजीवन कारबासको सजाय दिइएको छ । साथै, उनीमाथि अरु दुई जनाको हत्यामा संलग्न रहेको आरोप छ ।

पूर्व लडाकू बाटिस्टीले आफू सशस्त्र लडाकू समूहमा आबद्ध भएको स्वीकारेका छन्, तर कुनै पनि हत्यामा आफू संलग्न नरहेको बताउँदै आएका छन् ।

तर, इटाली सरकार सन् १९६० को दशकमा भएका हिंसात्मक आक्रमणका दोषीमाथि कारबाही गर्न प्रतिबद्ध रहेको छ । उक्त हिंसाबाट दर्जनौं व्यक्तिको मृत्यु भएको थियो ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोका छोरा एडुआर्डोले ट्वीट गदै ब्राजिल अब अपराधीहरु लुक्ने भूमिका रुपमा नरहने बताउनुभएको छ ।

कारागारबाट फरार बाटिस्टीले पछिल्लो समय आफूलाई लेखकका रुपमा उभ्याएका छन् । सन् २००४ मा उनी फ्रान्समा भेटिएका थिए, तर त्यहाँबाट फुत्केका थिए । त्यसपछि उनी ब्राजिल पुगे, तर सन् २००७ मा उनी रियो दे जेनेरियोमा पक्राउ परे ।

केही वर्ष कारागारमा बिताएपछि तत्कालीन राष्ट्रपति लुलाको आदेशमा थुनामुक्त गरियो, तर इटाली समक्ष सुपुर्दगी गरियो । पाँच वर्षका ब्राजिलियाली छोरा समेत रहेका बाटिस्टीले गत वर्ष एएफपी समक्ष आफूलाई इटाली फिर्ता गरिए यातना दिइनसक्ने बताएका थिए ।