१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेलको शुभकामना



अ+ अ-

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताउनुभएको छ ।

मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पु¥याउँदै आएको विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा विविधतायुक्त नेपाली समाजमा कसैले मकर सङ्क्रान्तिको रूपमा र कसैले माघी पर्वको रूपमा मनाउने चलनअनुसार थारु र मगर समुदायले मुख्य पर्वका रूपमा माघीलाई धुमधामसँग मनाउने प्रचलन रहेको र यी दुई समुदायबाहेक अरु समुदायले मकर सङ्क्रान्तिको रूपमा मनाउने प्रचलनले यो पर्व सबैको साझा पर्वको रूपमा रहको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले राज्यले संवैधानिक व्यवस्थाअनुरूप लोकतन्त्रलाई नागरिकको जीवन पद्धति बनाउन अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिकरूपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको उल्लेख गर्नुभएको छ ।

मुलुकमा तीन तहको चुनाव सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिकरूपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने भएकाले अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउने दिशामा अघि बढेकोले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासको बाटोमा अघि बढेको बताउनुभएको छ ।

उहाँले प्रदेश सरकारले समृद्ध प्रदेश, खुशी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका अवस्थामा यसलाई सफल बनाउन प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घसंस्था र आमनागरिकमा आग्रह गर्नुभएको छ ।