१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डसँग चिनियाँ राजदूत होउ यान्छीको भेट



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नुभएको छ । राजदूत यान्छी प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुग्नुभएको थियो ।

उहाँहरुबीच चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको बताइएको छ । अहिले विदेशमन्त्री वाङको नेपाल भ्रमणको तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयलका अनुसार भ्रमणको मिति टुङ्गो नलागे पनि भ्रमण चाँडै हुनेछ । सोमबार परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि नेपालमा चाँडै उच्चस्तरीय भ्रमण हुन लागेको जानकारी दिनुभएको थियो ।

नेपाल सरकारले अमेरिकी सहायता परियोजना एमसीसी संसद्बाट अनुमोदन गरिसकेको छ । तर एमसीसी अनुमोदन हुनुअघि चीनले सार्वजनिकरुपमै एमसीसीका बारेमा टिप्पणी गरेको थियो । चीनले एमसीसीप्रति लक्ष्यित गर्दै नेपालको विकास र जनजीवन सुधारका लागि अन्तर्राष्ट्रिय समुदायको योगदानको स्वागत गर्ने तर त्यस्तो सहयोग राजनीतिक शर्तरहित नेपाली जनताको चाहनाबमोजिम हुनुपर्ने बताएको थियो ।

अमेरिकाले यही फागुन १६ गतेभित्र एमसीसी सम्झौता संसद्बाट पारित नगरे नेपाल अमेरिका सम्बन्धमा पुनरावलोकन गर्ने चेतावनी दिएपति चीनको विदेश मन्त्रालयले ‘जबरजस्ती कूटनीति’ को विरुद्धमा रहेको बताएको थियो । चीनको अमेरिकासँग व्यापार युद्ध जारी छ । यही बेला एमसीसी पारित भएपछि छिमेकी मुलुक नेपालसँग कसरी सम्बन्ध अगाडि बढ्ला भन्ने चासोका बीच चिनियाँ विदेशमन्त्रीको भ्रमण हुन लागेको हो ।