३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ब्रेक्जिट सम्झौताका बारेमा चर्को बहस, बेलायती संसदमा मङ्गलबार मतदान

ब्रेक्जिट सम्झौताका बारेमा चर्को बहस, बेलायती संसदमा मङ्गलबार मतदान
अ+ अ-

लन्डन । युरोपेली युनियनबाट बाहिरिने सम्बन्धी सम्झौता (ब्रेक्जिट) का बारेमा बेलायती संसदमा सोमबार अबेरसम्म चर्को बहस भएको छ । सांसदहरु ब्रेक्जिटका बारेमा पक्ष र विपक्षमा बाँडिएका छन् ।

सत्तारुढ दल र विपक्षी दलभित्रै पनि ब्रेक्जिटको समर्थन र विरोधमा छलफल भइरहेका छन् । संसदमा मङ्गलबारका दिन मतदान गर्नेगरी समयसीमा तोकिएको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियनसँग भएको सम्झौतालाई संसदबाट अनुमोदन गराउनु पर्नेछ ।

हाउस अफ कमन्समा जारी ब्रेक्जिट बहसमा सङ्घर्षरत पक्षहरु निम्न छन्ः

सरकारः
सरकारी तलबभत्ता बुझ्नेहरु सबैले सरकारी नीतिको समर्थन गर्नु पर्दछ वा राजीनामा दिनु पर्दछ । सहायक मन्त्री ग्यारेथ जोन्सनले सोमबार राजीनामा दिएका छन् तर अन्तिम समयमा धेरै मन्त्रीको राजीनामा आउने सम्भावना छैन । ब्रेक्जिटको पक्षमा खुलेरै लागेका मन्त्रिपरिषदका सदस्यहरु जस्तै माइकल गोभ र लियाम फक्सले समर्थनमा मतदान गर्नेछन् ।

प्रधानमन्त्रीको पक्षमा अभियान चलाउनेहरुः
केही कन्जरभेटिभ सदस्यहरुले सरकारको पक्षमा बहस चलाइरहेका छन् र उनीहरुले ब्रेक्जिट सम्झौता ठीक हो भनिरहेका छन् । तर उनीहरुको संख्या कम छ ।

कन्जरभेटिभ सांसदहरुः
निर्णायक समय आइपुग्नै लाग्दा केही सांसदले आफ्नो धारणामा परिवर्तन ल्याएका छन् । प्रधानमन्त्री थेरेसा मेका पूर्व नीति प्रमुख जर्ज फ्रीम्यान यही समूहभित्र आबद्ध भएका छन् । केही सांसदहरु भने नराम्रै भए पनि ब्रेक्जिट ठीकै छ भन्नेहरु पनि छन् ।

ब्रेक्जिटका विपक्षीहरुः
ज्याकोब रीज–मगको नेतृत्वमा रहेको एक समूहले ब्रेक्जिटबाट बेलायतलाई फाइदा नपुग्ने बनाइरहेका छन् । यो समूहमा पूर्व विदेश मन्त्री बोरिस जोन्सन, पूर्व ब्रेक्जिट सचिव डेभिड ड्याभिस र डोमिनिक र्याब समेत रहेका छन् । उनीहरुको भनाईमा ब्रेक्जिटबाट बेलायत स्वतन्त्र होइन अझ बढी पराधीन हुने खतरा छ ।

रीज–मोगको युरोपेली अनुसन्धान समूहले गत डिसेम्बरमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो । तर उक्त प्रस्ताव पारित भएन ।

लेबर पार्टीको असन्तुष्टी
लेबर पार्टीका अधिकांश सांसदहरु युरोपेली पक्षधर छन् र उनीहरु पार्टीकै पक्षमा उभिएका छन् । पार्टी नेता जेरेमी कोर्बाइन उक्त सम्झौता हुन नदिने पक्षमा दृढ हुनुहुन्छ । उहाँ ब्रेक्जिट सम्झौता असफल पारेलगत्तै प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा हुनुहुन्छ ।

ब्रेक्जिट प्रस्ताब पारित नभए दोस्रो ब्रेक्जिट जनमतसङ्ग्रह गर्ने प्रस्ताव ल्याइने पार्टीको तयारी छ ।

अरु बिपक्षीहरुः
स्कटल्यान्डका ३५ जना राष्ट्रवादीहरु, ११ जना युरोपेली पक्षधर लिबरल डेमोक्र्याट, चार जना वेल्सका राष्ट्रवादीहरु तथा ग्रीन पार्टीका एक जना सांसद युरोपेली पक्षधर छन् र उनीहरु कन्जरभेटिभ विरोधी पनि हुन् ।

डेमोक्रेटिक युनियनिस्ट पार्टी (डियुप) का १० जना सांसदले के गर्ने हुन् भन्ने प्रस्ट छैन । संसदमा बहुमतका लागि डियुपीको महत्वपूर्ण भूमिका हुनेछ । उनीहरु ब्रेक्जिट सम्झौताको विपक्षमा देखिएका छन् । आइरिस सीमाका विषयमा उनीहरुको माग सम्बोधन गर्ने सरकारी आश्वासन भएपनि उनीहरु अझै निर्णयमा पुग्न सकेका छैनन् ।

प्रधानमन्त्री थेरेसा मेले गत साता लेबर पार्टीका सांसदसँग भेटेर व्यवहारिक निर्णयमा पुग्न आग्रह गर्नुभएको छ ।