१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्लाई सीसीएमसीसीको सिफारिसः नयाँ भेरिएन्ट भेटिएका मुलुकसँगको उडानमा रोक



अ+ अ-

काठमाडौं । कोरोनाको नयाँ भेरिएन्ट भेटिएका देशहरुसँगको हवाइ उडानमा रोक लगाउन मन्त्रिपरिषद्लाई कोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सिफारिस गरेको छ ।

आइतबार बसेको समिति बैठकले नयाँ भेरिएन्ट देखिएका मुलुकसँगको उडानलाई रोक्ने वा कडाइ गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।  

समितिले दक्षिण अफ्रिकी मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउन र अनअराइभल भिसा नदिन समेत सिफारिस गरेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा कोरोनाको नयाँ भेरिएन्टको सन्दर्भमा समेत छलफल हुने सीसीएमसीसीले जनाएको छ ।