१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्बाडोस बन्यो पछिल्लो गणतन्त्र, बेलायती रानीलाई देशको प्रमुखबाट हटाइयो



अ+ अ-

ब्रिजटाउनः क्यारेबियन राष्ट्र बार्बाडोसले बेलायती राजतन्त्रलाई आफ्नो मुलुकबाट विस्थापित गरेको छ । बेलायती कमनवेल्थ राष्ट्रभित्र यो मुलुक अब स्वतन्त्र गणतन्त्रात्मक देश बनेको छ । विश्वमै गणतन्त्र घोषणा गर्ने यो पछिल्लो देश बनेको छ ।

बार्बाडोसलाई गणतन्त्र घोषणा गर्ने समारोहमा भाग लिन बेलायती महारानीको प्रतिनिधित्व गर्दै  राजकुमार चाल्र्स बार्बाडोस पुग्नु भएको छ ।

बार्बाडोसमा नयाँ राष्ट्रपतिको घोषणा पनि हुँदैछ । हाल बेलायतकी महारानी एलिजाबेथ द्वितीयको प्रतिनिधि एवं गभर्नर जनरलका रुपमा कार्यरत सान्ड्रा मेसोनलाई राष्ट्रपति घोषणा गरिँदैछ ।

सोमबारदेखि मंगलबारको अवधिमा विभिन्न समारोह आयोजना हुँदैछन् जसमा सैनिक परेड देखि विभिन्न झाँकी सहितका भव्य कार्यक्रम हुनेछन् ।

संक्रमणकालीन यस समारोहमा राजकुमार चाल्र्सले बार्बाडोससँगको बेलायतको परम्परागत सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा सम्बोधन गर्नुहुने अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् ।

बार्बाडोसमा करिब दुई लाख ८५ हजार जनसंख्या छ । सन् १८३४ सम्म झण्डै २०० वर्ष बेलायती उपनिवेश सहित दासप्रथा कायम थियो । सन् १९६६ मा भने बार्बाडोस बेलायती उपनिवेशबाट मुक्त भई स्वतन्त्र राष्ट्र बनेको थियो, तर बार्बाडोसको राज्यप्रमुख (हेड अफ स्टेट) बेलायतकी महारानी हुने प्रचलन कायम थियो ।

गत अक्टोबरमा बार्बाडोसमा भएको निर्वाचनमा मेसोनले राष्ट्रपतिका रुपमा विजय हासिल गर्नु भएको थियो । बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्लेले देशले औपनिवेशिक विगतलाई पूर्ण रुपमा त्याग्ने घोषणा गर्नु भएको थियो ।

तर बार्बाडोसको अर्थतन्त्रको मूल आधार पर्यटन रहेको र यसमा बेलायती पर्यटकको संख्या अधिक रहेकाले पनि बेलायतसँगको सम्बन्ध अझै पनि जरुरी पर्ने धेरै बार्बाडोसी जनताको मत छ । तर बेलायती उपनिवेशको अवशेष पूर्ण रुपले अन्त गरेकामा आम जनताले खुशी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोट्लेले बेलायती राजकुमार चाल्र्सलाई आमन्त्रण गरी “अर्डर अफ फ्रिडम अफ बार्बाडोस” ले सम्मान गर्न लागेको भन्दै आलोचना पनि भएको छ ।