३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

थारु समुदायको ज्ञापनपत्र मुख्यमन्त्रीलाई

थारु समुदायको ज्ञापनपत्र मुख्यमन्त्रीलाई
अ+ अ-

लहान । थारु कल्याणकारिणीसभा सप्तरीले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई विभिन्न मागसहितको ज्ञापनपत्र आज बुझाएको छ ।

प्रदेशको हरेक निकायमा थारु जातिको जातीय जनसङ्ख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चितता, लोकसेवा आयोगमा जातीय जनसङ्ख्याको आधारमा कोटा निर्धारण, थारु सङ्ग्रहालय स्थापना, थारु बाहुल्यता क्षेत्रका जिल्लामा थारु भाषाको पाठ्यपुस्तक कम्तीमा आधारभूत विद्यालयसम्म लागू, प्रदेश नं २ मा थारु होमस्टेको विकास, जाँड, रक्सी जुवातास दुव्र्यसनी नियन्त्रणका लागि ठोस् नीति कार्यक्रम सञ्चालन गर्नुपर्ने माग ज्ञापनपत्रमा अघि सारिएको छ ।

उच्च शिक्षामा अध्ययरत थारु विद्यार्थीलाई छुट्टै छात्रवृतिको व्यवस्था, थारु महिलामा भएको मौलिक सीप कलालाई उत्थान गरी त्यसको आधारमा स्वरोजगार सिर्जना, स्नातक उत्तीर्ण शिक्षित बेरोजगार युवालाई समेटी प्राविधिक ज्ञान तालीमसँगै स्वारोजगार कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायतका माग उल्लेख छ । सुरुङ्गा नगरपालिका– ५ कुशाहामा सञ्चालन हुने दुई दिने माघी महोत्सव उद्घाटनमा आएका मुख्यमन्त्री राउतलाई सभाका सप्तरी अध्यक्ष शिवनारायण चौधरी (शिबा) ले ज्ञापनपत्र बुझाएका थियो ।

मुख्यमन्त्री राउतले ज्ञापनपत्रमार्फत अघि सारिएका कतिपय कुरा प्रदेश सरकारले यसअघि नै सञ्चालन गरिसकिएको र क्रमशः अरु माग पूरा गर्दै जाने आश्वासन दिएका छन् ।